Uncategorized

लालपूर्जा माग गर्दै मन्त्रालयमा ज्ञापन

५ मंसिर, हेटौंडा । विभिन्न समयमा आएको बिपत्तका कारण स्थायी थलो छोडेर मकवानपुरको मनहरीको रमन्टारसहित विभिन्न ठाउँमा भूमिबिहीन जीवन बिताइरहेका समुदायले लालपूर्जाको माग गर्दै मन्त्रालयमा ज्ञापन बुझाएका छन् ।

२०५०, ०५९, ०६१ को बाढिपहिरो र भूकम्पका कारण बिस्थापित भइ मनहरी गाउँपालिकाको बिभिन्न ठाउँमा बसोबास गर्दै आएका उनीहरुले स्थायी बसोबासका लागि लालपूर्जाको माग गर्दै प्रदेश सरकारको कृषि भूमि व्यवस्था तथा सहकारी र उद्योग पर्यटन तथा वन मन्त्रालयमा ज्ञापन पत्र बुझाएका हुन् ।

बासोबास गरेको जमीन आरक्षको मातहतमा रहेकाले स्थायीरुपमा घरबार गर्न नसकिएको बारे प्रदेश सरकारको दुबै मन्त्रालयमा जानकारी गराएपनि अहिलेसम्म ठोस निर्णय नभएका कारण ज्ञापन पत्र बुझाइएको सीमान्तकृत तथा पिछडावर्ग वस्ती बिकास समाजका अध्यक्ष हस्तबहादुर प्रजा चेपाङले बताए ।

बसोबासका लागि ठाउँको पहिचान गरी समाजले ज्ञापनपत्र बुझाएको हो । समाजका अनुसार मकवानपुर क्षेत्रमा ५ हजार परिवार बसोबासको उचित व्यवस्थापन नहुँदा समस्यामा रहेको बताइएको छ ।

समाजले मनहरी गाउँपालिकाको रमन्टार, सुनाचुरी, तथा हेटौंडा उपाहानगरको गौरीजंगलको सकिदो छेउ, मनहरी गाउँपालिका ६ को सुनाचुरी व्यारेक तल्लो भाग र सुनाचुरी स्कुलको माथिल्लो भाग सहित चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ७ भालुमारा भन्ने गाउँमा बसोवासको व्यवस्थाको लागि माग गरेका छन् ।

ज्ञापन पत्र बुझाउँदै उनीहरुले स्थायी बसोबासका लागि सरकारले ठोस कदम चालिदिन आग्रह गरेका छन् ।

बिपतका कारण मकवानपुरको मनहरी गाउँपालिकाको बिभिन्न ठाउँमा १ हजार परिवार भूमिहीनको बसोवास रहेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *