Uncategorized

नेपालमा बोइङ भित्राउने पूर्वसचिव श्रेष्ठको निधन

४ मंसिर, कामठाडौं । नेपाल सरकारका पूर्वसचिव ईश्वरलाल श्रेष्ठको निधन भएको छ । उनको गएराति १ बजे ८९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको हो ।

उनले उद्योग तथा वाणिज्य मन्त्रालय, शिक्षा मन्त्रालय र पर्यटन मन्त्रालयमा सचिवको रुपमा काम गरेका थिए । शिक्षाविदको रुपमा समेत परिचित श्रेष्ठले शंकरदेव क्याम्पसको स्थापनामा योगदान पुर्‍याएका थिए । उनी वाणिज्य शास्त्रको जानकारको रुपमा पनि चिनिन्छन् ।

तीन दशकअघि श्रेष्ठ पर्यटन सचिव रहेका बेलामा अमेरिकाबाट ल्याइएको बोइङ विमानले अहिलेसम्म नेपाल वायु सेवा निगमको शाख जोगाइरहेको छ ।

पूर्वसचिव श्रेष्ठका श्रीमतीसहित १ छोरा र १ छोरी छन् । छोरा डा. प्रकाश श्रेष्ठ लामो समयदेखि आयरल्याण्डमा चिकित्सा सेवामा संलग्न छन् भने छोरी सुनिता श्रेष्ठ शिक्षण सेवामा छिन् ।

पूर्वसचिव श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *