Uncategorized

बत्तीसपुतलीबाट ७ लाख ६० हजार नगदसहित १३ जुवाडे पक्राउ

२ मंसिर, काठमाडौं । प्रहरीले ७ लाख ६० हजार नगदसहित १३ जुवाडेलाई काठमाडौंबाट रंगेहात पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरले शनिबार राति बत्तिसपुतलीको एक घरमा जुवा खेल्दै गरेका उनीहरुलाई नगदसहित समातेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमिन्द्र बोगटीले ७ लाख ६० हजार नगदसहित पक्राउ परेका १३ जनालाई अहिले गौशाला प्रहरीमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रवक्ता बोगटीका अनुसार, उनीहरुमाथि जुवा ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ ।

पछिल्लो समय काठमाडौं प्रहरीले जुवातासमा कडाइ गर्दै गएको छ । यसअघि गत असोज १९ गते राति प्रहरीले काठमाडौंको मूलपानीमा जुवाडेमाथि चलाएको अपरेशनका क्रममा भागदौड हुँदा २ जनाको मृत्यु भएको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *