Uncategorized

सन्दीपले आईपीएल दिल्ली डेयरडेभिल्सबाटै खेल्ने

२९ कात्तिक, काठमाडौं । सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को आगामी सिजन पनि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् ।

१२औं सिजनको आर्इपीएलका लागि दिल्लीले उनलाई रिटेन गरेको हो । गौतम गाम्भीर लगायतलाईका खेलाडीलाई रिलिज गरेको उसले सन्दीपसहित १४ जनालाई भने रिटेन गरेको छ ।

गत सिजन सन्दीपले आईपीएलमा डेब्यू गरेका थिए । दिल्लीको अघिल्लो चरण पुग्ने सम्भावना सकिएपछि तीन खेलमा अबसर पाएका उनले आफूलाई सावित गरेका थिए ।

त्यसपछि उनले विभिन्न लिग खेलिसकेका छन् । उनले अष्ट्रेलियाको बिग बास लिग समेत खेल्दैछन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *