Uncategorized

तीन किलोमिटर घिस्रिदै विराटनगरका मेयरको छठ ब्रत

२७ कात्तिक, मोरङ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली छठ पर्वको पूजाका लागि कष्टकर ब्रत बसेका छन् । निराहार ब्रत बसेका मेयर भीम पराजुली १५ औं पटक दण्ड प्रणाम गर्दै सिंघिया घाटमा पुगेर अस्ताउदो सूर्यलाई अर्घ दिनेछन् ।

मंगलबार दिउँसो १२ बजे विराटनगर पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट भतिज प्रमिस र मनिषस“गै दण्ड प्रणाम गर्दै निस्किएका पराजुलीले तीन किलोमिटर दण्ड प्रमाण गर्दै सिंघिया घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने उनका सहयोगी कौशल निरौलाले जानकारी दिए ।

१५ बर्षयता बर्ष छैठ माताको ब्रत बस्दै आएका मेयर पराजुलीले १५ औं पटक दण्ड प्रणाम गर्दै सिंघिया घाटमा पुगेर बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएर ब्रत समापन गर्नेछन् ।

नगरबासीको सुख, शान्ति र समृद्धिको कामनासहित छठको कष्टपूर्ण ब्रत बसेको मेयर पराजुलीले बताए । मेयरमा निर्वाचित भएपछि दोस्रो पटक दण्ड प्रणाम गर्दै छठको पूजाका लागि निस्किएका पराजुली धर्म प्रति बढी आस्था राख्छन् । ३ किलोमिटर दण्ड प्रणाम गरी दुरी पार गर्न चार घण्टा लाग्ने पराजुलीले बताए ।

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *