Uncategorized

म्यानचेस्टर सिटीको ४४ पासपछिको गोल

२६ कात्तिक, काठमाडौं । प्रिमियर लिगमा आइतबार राति म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हरायो । रोचक खेलमा धेरै विषयले ध्यान ताने पनि म्यानचेस्टर डर्बीमा सिटीको जितमा सबैभन्दा चर्चामा रह्यो ४४ पासपछिको गोल ।

सिटीका लागि ८६ औं मिनेटमा गुन्डोगनले गरेको गोल उत्कृष्ट टिम गोल थियो । जसमा लगातार ४४ पटक बल पास गरेर युनाइटेडका खेलाडीलाई हत्तु बनाएपछि सिटीले गोलमा परिणत गर्‍यो ।

‘ओहो ! गज्जबको टिम गोल । पक्कै पनि ५०÷६० पासपछि गोल भएको हुनुपर्छ’ कमेन्टेटरले गोल लगत्तै भनेका थिए । उनले त्यसो भनेको थोरै समयमै थाहा लागिहाल्यो ४४ पासपछिको उत्कृष्ट गोल ।

त्यसअघि डेभिड सिल्भाले १२ औं मिनेटमा गोल गरेर सिटीलाई अग्रता दिलाएका थिए । ४८ औं मिनेटमा अग्युरोले टिमका लागि दोस्रो गोल गरे । म्यानचेस्टर युनाइटेडका लागि ५८ औं मार्सिएलले गोल गरेर खेलमा फर्कने अवसर बनाए पनि गुन्डोगनको गोलपछि युनाइटेड कमजोर बनेको थियो ।

अन्तिम गोलको पासमा मिडफिल्ड र अट्याक लाइनमा सबै खेलाडीसँगै सिल्भा, स्टर्लिङ र गुन्डोगनको तालमेल अस्वाभाविक थियो ।

‘बल पास गर्नुको मतलब विपक्षीको पोस्ट नजिक बल लैजानु र आक्रमण गनुृ नै हो । पास खेल्नु मात्रले त कुनै मतलब दिँदैन’ खेलपछि सिटी प्रशिक्षक पेप गार्डिओलाले भने ।

खेलमा ६५ प्रतिशत समय बल सिटीको नियन्त्रणमा थियो । सिटीले १७ प्रहार गरेको ५ प्रहार पोस्टको दिशामा थियो भने युनाइटेडले गरेको ६ प्रहारमा १ प्रहार मात्रै पोस्टको दिशामा थियो ।

प्रिमियर लिगमा यसअघि यस्तै गोल २०१५ मा म्यानचेस्टर युनाइटेडका लागि जुआन माटाले गरेका थिए । त्यसबेला साउथह्याम्पटनविरुद्धको खेलमा युनाइटेडले ४५ पासपछि गोल गरेको थियो ।

हेर्नुहोस् भिडियो
[youtube https://www.youtube.com/watch?v=TIz-9g4jafg]

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *