Uncategorized

आकाशले छाडेको ‘विर विक्रम २’मा पल फाइनल

नायक आकाश श्रेष्ठले काम गर्ने पक्का भएको चलचित्र ‘विर विक्रम २’ उनले छाडेका छन् । आकाशले चलचित्र छाडेपछि निर्देशक मिलन चाम्सले नायक पल शाहलाई चलचित्रमा फाइनल गरेका छन् । नायक पल शाहसँग आज मात्र चलचित्रमा साइन गरेका हुन् । नायक पल शाहसँग निर्देशक मिलन चाम्सले आइतबार मात्र भेट गरेका थिए ।

पलले संझौता गरेको बिषयमा मिलनले भने–‘पल शाहसँग मैले आइतबार मात्र कुरा गरेँ । उनलाई मैले यसपटक मलाई सहयोग गर भनेको हुँ । पलले यो कुरा सहर्ष स्विकार गरे । हाम्रो चलचित्रको छायांकन आजबाट हुने कुरा थियो । अब, अर्को साताबाट सुरु हुनेछ ।’

चलचित्रमा अब पलको साथमा नाजिर हुसेन, वुद्दि तामाङ, बर्षा सिवाकोटी मुख्य भूमिकामा रहनेछन् ।

आकाशले किन छाडे ‘विर विक्रम २’ ?

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *