Uncategorized

६ संवैधानिक आयोगमा तोकिए सचिव, काम मन्त्रालयबाटै

२६ कात्तिक, काठमाडौं । सरकारले ६ संवैधानिक आयोगहरुमा सचिव तोकेको छ ।

दलित आयोगमा पुरुषोत्तम नेपाल, समावेशी आयोगमा सुरेश अधिकारी र मुस्लिम आयोगमा केदार प्रसाद पनेरुलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, मधेसी आयोगमा भुपाल बराल, आदिवासी जनजाति आयोगमा रुद्रसिंह तामाङ र थारु आयोगमा रुपनारायण भट्टराईलाई सचिवको रुपमा काम गर्न जिम्मेवारी दिइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिवहरुलाई आयोगको प्रशासनिक कार्य सञ्चालनका लागि मन्त्रीस्तरीय निर्णयबाट सचिवको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

आयोगको कार्यालय नखुलिसकेकाले तत्कालका लागि मन्त्रालय भित्रैबाट काम हुनेछ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने, ‘कार्यालय खोल्ने प्रयोजनका लागि आवश्यक तयारी गर्न सचिवको जिम्मेवारी दिइएको हो ।’

एक आयोगमा सचिवको नेतृत्वमा ३० जना कर्मचारी रहने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *