Uncategorized

गाई तिहार मनाइयो (फोटो फिचर)

२१ कात्तिक, काठमाडौं । तिहारको तेस्रो दिन गाईतिहार आज हिन्दू नेपाली समुदायले गाईको पूजा गरेर मनाएका छन् ।

राष्ट्रिय जनावरसमेत रहेको गाईलाई हिन्दू नेपालीले गौमाताको रुपमा पूजासमेत गर्छन् । गाई तिहारको दिन गाईलाई माला लगाइदिने, पूजा गर्ने र मिठा खानेकुरा खान दिने गरिन्छ ।

हिन्दू धर्ममा गाईलाई आमा मानिएको छ । गाईले दूध दिनुका साथै खेत जोत्नका लागि गोरु पनि दिने भएकाले हिन्दू धर्ममा गाईको विशेष महत्व छ । गाईको पिसाब ९गहुँत० पनि धार्मिक कार्यका लागि आवश्यक र पवित्र मानिन्छ ।

आयुर्वेदमा त गौमुत्रलाई अति महत्वपूर्ण औषधिका रुपमा प्रयोग गर्ने गरिन्छ । गाईतिहारको दिन हिन्दू समुदायले जनैपूर्णिमामा हातमा बाँधेको डोरो फुकालेर गाईको पुच्छरमा बाँध्ने प्रचलन छ ।

हेर्नुहोस् तस्वीरहरु

 

   

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *