Uncategorized

मलामी बोकेर फर्किएको ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

१८ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका २ भासीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ, ६ जना गम्भीर घाइते भएका छन् ।

महाकाली नदीमा आफन्तको मलामी गएर र्फकने क्रममा से १ त ५४२२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बेतकोट नगरपालिका ४ का ४० वर्षका प्रेमसिंह धामी र ३० वर्षका राजेन्द्र नागरीको मृत्यु भएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए ।

गम्भीर घाइते आन सिंह धानुक र धिरेन्द्र धानुकलाई भारतको रुद्रपुर रिफर गरिएको छ भने प्रकाश जोशी र दिलीप भण्डारीलाई कैलाली रेफर गरिएको प्रहरीले जानकारी दिएको छ । अन्य घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मलामीबाट फर्किरहेकेा ट्रेक्टर भासीमा पुग्दा पछाडिबाट आएको जीपले ओभरटेक गरेको र उक्त जीपलाई बचाउन खोज्दा ट्रेक्टर अनियन्त्रित भएर दुर्घटना भएको चालकलाई उधृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *