Banner News

कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परीक्षण गर्न माग

कार्तिक १८ कञ्चनपुर। कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परीक्षण गर्न सरकारसँग माग गरिएको छ ।

निर्मला पन्तको हत्यारा पत्ता लगाउन आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परीक्षण गर्न माग गर्दै आईतबार निर्मला न्यायको निमित्त राष्ट्रिय अभियानले काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत् गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको नयाँ पत्रिकामा खबर छ ।

त्यस अवसरमा अभियानले निर्मला पन्तको हत्यारा पत्ता लगाउन बास्तविक डिएनए परीक्षण गर्न दवाव दिँदै सांकेतिक विरोध स्वरुप शनिबार अभियन्ताहरुले काठमाडौंमा संकलन गरेको रगतको नमूना पनि सरकारलाई बुझाएको छ ।

सरकारले हालसम्म गरेको डिएनए परिक्षण बास्तविक नभएको लागेपछि आफूहरुले सांकेतिक विरोध स्वरुप वास्तविक डिएनए परीक्षण गर्न संकलन गरिएको रगतको नमूना पनि सरकारलाई बुझाइएको अभियन्ता चेवन घिमिरेले जानकारी दिए । अभियानले निर्मलालाई न्याय दिन माग गर्दै काठमाडौंलगायत देशका मुख्यमुख्य सहरमा प्रर्दशन गर्दै आएको छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सय दिन वित्दा समेत सरकारले पत्ता लगाउन नसकेपछि सरकारको चर्को आलोचना हुँदै आएको छ ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *