Uncategorized

पद्मरत्न तुलाधरको निधन

१८ कात्तिक, काठमाडौं । मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ ।

उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको अस्पताल स्रोतले अनलाइनखबरलाई बतायो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको थियो ।

पारिवारिक स्रोतका अनुसार तुलाधरको शव अस्पतालबाट निजी निवास लैजान लागिएको छ ।






यो पनि पढ्नुहोस
पद्मरत्न तुलाधरः ‘फेक प्रचण्ड’ र पहिचान आन्दोलन

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *