Uncategorized

अब पुलले आफैं भन्नेछ- सतर्क होऊ, दुर्घटना हुनसक्छ

१७ कात्तिक, काठमाडौं । नेपालमा यस्ता कयौं पुलहरु छन् जो कुनै पनि बेला भत्किन सक्छन् र ठूलो जनधनको क्षति हुन सक्छ । म्याद नाघिसकेका यस्ता पुलहरुको पछिल्लो अवस्थाबारे पलपलको जानकारी लिन सक्ने हो भने पक्कै पनि क्षति हुनबाट जोगिन सकिन्छ । हो, यस्तै खालको प्रविधिको विकास वैज्ञानिकहरुले गरेर प्रयोगमा पनि ल्याइसकेका छन् तर नेपालमा नभइ भारतमा ।

यो प्रविधिले पुलमा रहेको खतराबारे पूर्वसूचना दिन्छ । भारतमै पहिलो पटक यस्तो सूचना दिने सेन्सरको प्रयोग मुम्बईको बेलापुरस्थित रेलवे पुलमा जडान गरिएको छ । यो पुलमा ४० सेन्सर जडान गरिएको छ जसले पुलको स्ट्रक्चरल अडिटको अपडेट निरन्तर दिन्छ । सर्वसाधारणले बुझ्ने गरी भन्ने हो भने पुलमा कुनै कमजोरी देखियो या धाँजा फाट्यो या कुनै ठाउँमा टुटफुट भयो भने त्यसको जानकारी सेन्सरले दिन्छ ।

यस्तो खालको प्रविधिको विकास आईआईटी-रुडकी र सेन्ट्रल रेलवे मिलेर गरेका हुन् । यसबाट पुलको कारण हुनसक्ने कुनै पनि दुर्घटनालाई कम गर्न सकिने विश्वास छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *