Uncategorized

साफ यु-१८ उपविजेता टिमका प्रत्येक खेलाडीलाई ५० हजार नगदसहित सम्मान

१६ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु-१८ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टिमका प्रत्येक सदस्यलाई नगदसहित सम्मान गरेको छ ।

एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार टिमका प्रत्येक सदस्यलाई ५० हजार नगदसहित सम्मान गरेको हो । भुटानको थिम्पुमा सेप्टेम्बर २८ देखि अक्टोबर ७ तारिखसम्म आयोजना भएको साफ यु-१८ मा नेपालले उपविजेतामा चित्त बुझाएको थियो ।

नेपाल फाइनलमा बंगलादेशसँग १-० गोलअन्तरले पराजित भएको थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टको उपस्थितिमा नेपाली टिमलाई सम्मान गरिएको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *