Uncategorized

पीपीएल लाइभ : काठमाडौंले बुटवललाई दियो १७३ को लक्ष्य, नरेशको अर्धशतक

१६ कात्तिक, पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई १७३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा रन १७२ जोडेको थियो । काठमाडौंका लागि नरेश बुढाऐरले अर्धशतकको योगदान गरे ।

२८ बल खेलेका उनले ३ चौका र ५ छक्काको मद्दतले ५८ रन जोडेर नटआउट रहे । त्यस्तै जयकसिन कोल्सवालाले ४५, कप्तान ज्ञानेन्द्र मल्लले नटआउट २५, पवन सर्राफले २२, गौरव तोमरले ११ रन जोडे ।

बलिङतर्फ बुटवलका विपिन खत्रीले २, रोहन मुस्ताफा र सम्सद सेखले १/१ रन जोडे ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *