Uncategorized

उपत्यकाभित्र दिउँसो ११ बजेदेखि ३ बजेसम्म टिपर चलाउन पाइने

१३ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकाभित्र दिउँसो ११ बजेदेखि ३ बजेसम्म टिपर चलाउन पाइने भएको छ । प्रतिघण्टा ३५ किलोमिटरको दरले सवारी चलाउने गरी मंगलबारबाटै टिपर सञ्चालन गर्न दिने निर्णय भएको हो ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्ला प्रशासन कार्यालयमा चालकको सवारी अनुमतिपत्र र ब्लू बुकको प्रतिलिपी र फोटोको विवरणसहित निवेदन दिए मागको उपयुक्तताको आधारमा दिउँसो टिपर सञ्चालनको अनुमति दिइने भएको छ ।

विभिन्न योजना/आयोजनाको निर्माण कार्यमा अवरोध पुगेको भन्दै यो निर्णय गरिएको महाशाखाले जनाएको छ ।

यसअघि टिपरका कारण दुर्घटना बढेपछि बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म मात्रै टिपर सञ्चालनका लागि अनुमति दिइएको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *