Uncategorized

‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत नगद पुरस्कार वितरण

८ कात्तिक, कामाडौं । एनसेल प्राईभेट लिमिटेडले चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत पाँचौ, छैठौं र सातौ हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही रु एक लाख जित्ने ‘रिचार्ज एण्ड विन’ १० हप्तासम्म संचालनमा रहने अफर हो ।

भाद्र १७ गतेबाट शुरु भएको यस अफर अन्तर्गत पाँचौ, छैठौं र सातौ हप्ताका विजेताहरु क्रमशः असोज २३, असोज ३० र कार्तिक ६ गते एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रम मार्फत छानिएका हुन् ।

एनसेलले बिहीबार (कार्तिक ८ गते) राजधानीमा एक कार्यक्रमको आयोजना गरी पाँचौ, छैठौं र सातौं हप्ताका भाग्यशाली विजेताहरु मध्येका आठ जनालाई जनही नगद रु एक लाख पुरस्कार प्रदान गरेको छ ।
एनसेलका प्रमुख प्रविधि अधिकृत मुहम्मद अदील इस्रारले पाँचौ हप्ताका दुई विजयीहरु — सन्तोष श्रेष्ठ -मकवानपुर) र जितेन्द्र कुमार चौधरी -रौतहट)लाई जनही रु एक लाखको नगद पुरस्कार हस्तान्तरण गरेका छन् । सोही कार्यक्रममा उनले छैठौं हप्ताका विजयी मध्येका पाँच जना सुक बहादुर धुङ्ग (पर्सा), सीता देवी जोगी (सुनसरी), प्रल्हाद प्रसाद गुप्ता (सप्तरी), डम्बर बहादुर थापा (सिन्धुली) र सुर्यमति अहिर (रुपन्देही) लाई पनि जनही रु एक लाख पुरस्कार हस्तान्तरण गरेका थिए । त्यसैगरी सातौ हप्ताका विजयी मध्येका एक बाराकी मेनका कुमारी रौनियारले पनि बिहीबार पुरस्कार ग्रहण गरेकी थिईन् ।

एनसेलले बिहीबार नै चौंथों हप्ताका विजेताहरु मध्येका एक रुकुमका कुल प्रसाद ओलिलाई पनि दाङ्गमा रहेको आफ्नो एनसेल सेन्टरबाट नगद पुरस्कार हस्तान्तरण गरेको छ । यसअघि असोज ३० गतेे लहानस्थित एनसेल सेन्टरबाट पाँचौं हप्ताका दुई विजयीहरु उदयपुरका हरि बहादुर खड्का र सिराहाका प्रदीप कुमार यादवलाई जनही रु एक लाख हस्तान्तरण गरेको थियो । त्यसैगरी असोज ३१ ग्ाते पाँचौं हप्ताकै विजयी मध्येका एक दमकका भेष राज श्रेष्ठले एनसेल सेन्टर, दमकबाट पुरस्कार ग्रहण गरेका थिए ।

सातौं हप्तामा छानिएका १० मध्ये तीन विजयी योजनाको शर्त बमोजिम पुरस्कारका लागि अयोग्य ठहरिएकाले उनीहरुको स्थानमा तीन नयाँ भाग्यशाली विजेता ग्राहकको छनौट आठौं हप्तामा लाइभ ड्र मार्फत नै हुने एनसेलले बताएको छ । तीन नयाँ विजयीहरु सातौं हप्ताका लागि वितरण गरिएको कोड नम्बरहरुबाट नै छानिने छन् ।

‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत सातौं हप्तासम्ममा ६७ जना भाग्यशाली विजेताहरुले जनही रु एक लाख जित्न सफल भएका छन् । यी मध्ये ४४ जनाले आˆनो नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने प्रमाणित भईसकेका समेत गरी बाँकी २३ विजयीहरुलाई आवश्यक प्रक्रिया समापन भए लगतै काठमाडौं लगायत उपत्यका बाहिर अवस्थित एनसेल सेन्टरहरुबाट नगद पुरस्कार प्रदान गरिने छ ।

‘रिचार्ज एण्ड विन’ अफरमा सप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण पि्रपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन् । यस अन्र्तगत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही खुद रु एक लाख नगद पुरस्कार पाउँछन् । नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यर्होछ ।

यो योजना एनसेलले साप्ताहिक चक्रमा संचालन गरिरहेको छ, जसको शुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ । ग्राहकले आइतबार देखि शनिबार सम्मको अवधिमा गरेको प्रत्येक रु १०० बराबरको रिचार्जका आधारमा एसएमएस मार्फत एउटा कोड प्राप्त गर्छन् । उदाहरणको लागि ग्राहकले आइतबार देखि शनिबार सम्ममा रु २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएस मार्फत दुई वटा विशेष कोडहरु प्राप्त गर्छन् ।

प्रत्येक हप्ताको १० भाग्यशाली ग्राहकहरुको छनौट मंगलबार प्रत्यक्ष प्रशारण हुने लाइभ ड्र कार्यक्रम मार्फत गरिन्छ । चर्चित व्यक्तित्वहरुको उपस्थितीमा हुने सो कार्यक्रम मंगलबार साँझ ७ः०० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण हन्छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *