Banner News

सुनले ६ वर्षयताकै रेकर्ड ब्रेक गर्यो

कात्तिक ८, काठमाडौं । सुनको मूल्य ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा डलर मजबुत अवस्थामा रहेसँगै सुनको मूल्य पनि बढेको हो । नेपाली मुद्रा कमजोर हुँदा सुनको मूल्य बढेको व्यवसायी बताउँछन् । यसअघि २०६९ भदौमा ६३ हजार रुपैयाँसम्म सुनको कारोबार भएको थियो ।

त्यसयता ६० हजारमुनि रहेको सुनको मूल्य हिजो ६० हजार १ सय रुपैयाँ पुग्यो । आज ३ सय रुपैयाँले सुनको मूल्य बढेको हो । दसैं सकिएर तिहार नजिकिँदै गर्दा सुन महँगो भएपछि व्यवसाय समेत प्रभावित भएको व्यवसायी बताउँछन् ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *