Uncategorized

बलात्कार आरोपमा सिरहाबाट ४ पक्राउ

५ कात्तिक, काठमाडौं । बलात्कार आरोपमा सिरहाको बरियापट्टीबाट ४ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय वरियापट्टी सिरहाले १६ वर्षीया किशोरी बलात्कार आरोपमा आइतबार राति उनीहरुलाई पक्रेको हो ।

इलाका प्रहरी कार्यालय, वरियापट्टीले १६ वर्षीया किशोरी वरियापट्टीमा बलात्कृत भएको उजुरीपछि ४ जना समातिएको जानकारी दिएको छ ।

होटलमा काम गर्दै आइरहेकी किशोरीमाथि आइतबार राति १० बजे बलात्कार भएको बताइएको छ ।

पक्राउ पर्नेमा काशीनाथ सिंह, मुकेश सहनी, उगन सहनी र विजयकुमार यादव छन् । चारै जना भारत बिहारका हुन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, सिरहामा लगेर थप अनुसन्धान भइरहेको वरियापट्टी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *