Uncategorized

निर्मलाकी आमा भन्छिन्ः दशैं नआइदिए हुन्थ्यो जस्तो लाग्छ

१ कात्तिक, कञ्चनपुर । सबैतिर दशैंको चहलपहल बढेका बेला निर्मला पन्तको घर भने सुनसान छ ।

१३ वर्षीया छोरीको बलात्कारपछि हत्या भएको झण्डै तीन महिनामा पनि अपराधीहरु पत्ता लगाग्दा परिवारमा पीडा थपिएको छ । न्याय माग्दै निर्मलाका आमाबुबा काठमाडौंसम्म धाए तर, अझैसम्म हत्या पत्ता लागेको छैन ।

त्यसैले निर्मलाको परिवारलाई दशैंले छोएको छैन । निर्मलाकी आमा दुर्गादेवीले दशैं नै आएइदिए हुन्थ्यो जस्तो लागेको सुनाइन् । प्रहरी प्रशासन हत्यारा जोगाउने खेलमा लागेको र छानविन निष्पक्ष नहुनुले पीडा थपिएको बताइन् ।

निर्मला माहिली छोरी हुन् । जेठी मनिषा र कान्छी छोरी दुर्गादेवीसँग कञ्चनपुरमै छिन् ।

१० साउनमा साथी कहाँ गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान शव भेटिएको थियो । तर, अझै हत्यारा पत्ता लागेको छैन ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *