Uncategorized

रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु, १० गम्भीर

३० असोज, रामेछाप । काठमाडाैंबाट रामेछापको खाँडादेवी गाउँपालिकाको गाल्वातर्फ आउँदै गरेको बस मंगलबार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बा३ख ४६७५ को बस खाँडादेवी गाउँपालिका-३ भिरपानीको सार्की पँधेरोमा दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु भएको हो ।

मृतकको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए ।

दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइते मध्ये १० जनको अवस्था गम्भीर रहेको बताइएको छ ।

विपरीत दिशाबाट आएको बसलाई साइड दिनेक्रममा बस सडकबाट करिब ४० मिटर तल खसेको छ । घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *