Uncategorized

कर्णाली नदीमा डुंगा दुर्घटना, दुई जना बेपत्ता

२९ असोज, कैलाली । कैलालीको चिसापानीस्थित कर्णाली नदीमा डुंगा दुर्घटना भएको छ । डुंगामा सवार ५ जना मध्ये ३ जना पौडिएर निस्किएका छन् भने दुई जना बेपत्ता छन् ।

इलाका प्रहरी कार्यालय, चिसापानीमा प्रहरी निरीक्षक दिपेन्द्र केसीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार दुर्घटना साँझ ६ बजे भएको छ । दुर्घटना भएको क्षेत्रमा आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् ।

त्यहाँ स्थानीयले डुंगा सञ्चालन गरेका थिए । बेपत्ता मध्ये एक जनाको परिचय खुलेको छ । प्रहरीका अनुसार दाङको तुल्सीपुरका पुरुषोत्तम चौधरी बेपत्ता भएका हुन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *