Uncategorized

हरि विष्टले ल्याए ‘छमछमी भर्सेस बुगीवुगी’ डान्स ब्याटल

काठमाडौं / गीतकार तथा संगीतकार हरि बिष्टले नयाँ प्याटनको म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

पश्चिम नेपालको लोकप्रिय मानिने झ्याउरे भाका ‘तिम्रो फोटो’ बोलको गीतलाई विष्टले डान्स ब्याटलका रुपमा प्रस्तुत गरेका छन् ।

गीतकार विष्ट र ज्योती मगरको स्वर रहेको गीतमा छमछमी र बुगीवुगीका कलाकारहरुलाई आमुनेसामुने गराइएको छ ।

जम्मा पाँच मिनेट ४१ सेकेण्डको गीतको भिडियो फिल्म शैलीमा तयार गरिएको छ । भिडियोको मध्य भागमा विश्राम राखिएको छ ।

गीतको पहिलो भागमा छमछमीका कलाकार मनिता राई र शेखर घर्तीलगायतको प्रस्तुति छ भने मध्यान्तरपछि बुगीवुगीका कलाकारहरु श्रृष्टि महर्जन र रविन भुजेल लगायतको डान्स रहेको छ ।

यो भिडियोको निर्देशन विष्ट आफैले गरेका हुन् ।

[youtube https://www.youtube.com/watch?v=iohlP–7TZs]

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *