Uncategorized

एआईजी धिरु बस्न्त्यात कञ्चनपुरमा

१६ असोज, काठमाडौंं । निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरी अनुसन्धानमा देखिएको लापरबाही छानबिन गर्न गठित समितिका संयोजक प्रहरी अतिक्ति महानिरीक्षक धिरु बस्न्त्यात कञ्चनपुर पुगेका छन् ।

समितिले प्रतिवेदन बुझाउनुअघि एक पटक स्थलगत अध्ययनमा गएको हो ।

कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानमा प्रहरीकै लापरबाही देखिएको भन्दै चौतर्फी विरोध भएपछि प्रहरीले बस्न्यातको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

समिति गठन हुँदा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रहेका बस्न्त्यात पछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *