Uncategorized

दशैंमा के खाने, के नखाने ? मासु र चिल्लो पचाउन यसो गरौं

[ad_1]

चाडबाड भन्नेबित्तिकै रमाइलो गर्ने, मिठो खाने भन्ने सोचाइ सबैको हुन्छ । चाडबाडमा गुलियो, अमिलो, पिरो, चिल्लो, मासुका परिकार बढी प्रयोग हुने गर्छ । यस्तो बेला हामी बढी मसलेदार खाना खान्छौं र शारीरिक अभ्यासमा पनि ध्यान दिँदैनौं । यही कारण चाडबाडमा खानपिनकै कारण स्वस्थ मानिस पनि बिरामी हुने दर बढी हुन्छ । अझ दीर्घ रोगी त झन् बढी खतरामा रहन्छन् । त्यसकारण चाडबाडका बेला खानपिनमा विशेष ध्यान दिन जरुरी छ ।

दसैंलाई नेपालीहरुले खानपिन र रमाइलोको रुपमा लिने गर्छन् । अझ बढी यो पर्वलाई मासु खाने पर्वका रुपमा पनि चिनिन्छ । त्यसैले त दसैंको नाम लिने वित्तिकै सवैको मुखमा मासुको परीकार आइहाल्छ । टिका, जमारा, पिङ भेटघाट रमाइलो भन्दा पनि दसैंको समयमा सबैभन्दा पहिला मासुका विभिन्न परीकार नै आउँछन ।

दशैंमा धेरै चिल्ला र फ्राइ गरेका खानेकुरा तथा माछामासु खाने चलन छ । दसैंको समयमा मानिसहरु बढी मात्रामा खानपिन गर्ने भएकाले निरोगी मानिस समेत रोगी हुन्छन् । त्यस्तै फलफूट, चट्नी, पेय पदार्थ पनि धेरै खाईन्छ । यस्ता खाद्य पदार्थले प्रेसर र सुगरका बिरामीलाई धेरै नै हानी पुर्याउँछ । धेरै फ्राई गरेका खानेकुरामा पौष्टिक पदार्थ हुँदैन । तेल, घिउ खार्दा त्यसबाट विषालु पदार्थ जन्मन्छ र त्यसबाट मुटुलाई निकै नै हानी पुर्याउँछ । त्यसैले यस्ता खारेका खानेकुरा खान हुँदैन । अर्को कुरा एकदिन पकाएको माछामासु धेरै दिनसम्म खाने गरिन्छ । पछि हुँदै जाँदा खानेकुरा दुषित हुने भएकाले यसले स्वास्थ्यलाई निकै नै बेफाईदा गर्छ । जति खानेकुरा बनाईन्छ, त्यसमा शुद्धीकरणमा ध्यान दिनुपर्यो । सरसफाई र स्वस्थकर खानेकुरा नै रोज्नुपर्यो । झन् दीर्घ रोग लागेकाले खानपिनमा ध्यान नदिँदा बिरामीलाई गम्भिर अवस्थामा अस्पतालमा पुर्‍याउनु परेका थुप्रै उदाहरणहरु छन् ।

सुगर, प्रेसर, दम र ग्याष्टीकका बिरामीले त विशेष ध्यान दिनुपर्छ । सुगरका बिरामीले गुलियो र चिल्लो पदार्थ छुन पनि भएन । प्रेसरका बिरामीले पनि नुनिलो खानेकुरा र मादक पदार्थ खान भएन । जथाभावी मुख छाडेर खानेकुरा खाँदा हृदयघात पनि हुने भएकाले विशेष ध्यान दिनुपर्छ । दमका बिरामीलाई चिसो खानेकुरा र पेय पदार्थ खाँदा असर पुर्याउँछ । आफ्नो स्वास्थ्यको लागि आफैं ख्याल गरौं, आफ्नो स्वास्थ्यको लागि आफैं डाक्टर बनौं । खानेकुरा बनाउने होटल तथा पाटी आयोजना गर्नेले पनि अरुको लागि होइन मेरै लागि खानेकुरा बनाउँदैछु भनेर ध्यान दिनुपर्यो । खानेकुरा खाँदा पनि धेरै बिचार पुर्याउनुपर्छ ।

ग्याष्टीकका बिरामीले दिनको तीनचार पटक खानुपर्छ । सुगरका बिरामीले पनि पेटभरी खान हुँदैन । अड्कल गरी गरी खानुपर्छ । प्रेसरका बिरामीले चिल्लो कम खाने, दमका बिरामीले धेरै चिसो नखाने यस्ता कुरामा ध्यान दिनुपर्छ । तातो नखाने, धूवाँधुलोबाट टाढा रहनुपर्ने हुन्छ । स्वस्थ मान्छेले पनि दिनमा तीनचार पटक मात्रै खाने । एकैपटक धेरै खान हुँदैन । काम अनुसार खाने हो । दुईहजार देखि तीन हजार क्यालोरीसम्म खान उपयुक्त हुन्छ ।

धेरै काम गर्नेलाई तीनहजार क्यालोरी र बसेर खानेलाई १८ सयदेखि दुई हजार क्यालोरी ठीक हुन्छ । हिसाब गर्दा एक ग्राम चामलमा चार क्यालोरी हुन्छ । मासु र आँटामा पनि यस्तै हुन्छ । र एकग्राम बोसोमा चाहिं ९ क्यालोरी हुन्छ । यो हिसाबले खानामा ख्याल गर्नुपर्छ । १८सय देखि तीनहजार क्यालोरीसम्म पुग्ने गरी खान उपयुक्त हुन्छ । मासु नखानेले पनि धेरै ध्यान दिनुपर्छ । प्रोटिनको लागि मासुको सट्टा केराउ, भटमास, च्याउ, दाल लगायत खानेकुराको प्रयोग गर्ने चलन छ । यी खानेकुरा पनि धेरै खान हुँदैन । दिनमा ६० ग्राम प्रोटिन या बोसो भयो भने उपयुक्त हुन्छ ।

कुन रोगका बिरामीले के खाने, के नखाने ?

बाथका रोगी: बाथ रोग भएकाहरूले चाडबाडको समयमा रेड मिट (रातो मासु) अर्थात् खसी, राँगा आदिको मासु र रक्सी खानुहुन्न । साकाहारी भए पनि गोलभेडा, पालुंगोको  साग, तामा, गुन्द्रुक, अमिलो पदार्थ, काउली नखाँदा नै राम्रो हुन्छ । खानै परेमा थोरै मात्र खाने तर बिहान शारीरिक अभ्यास गर्ने । बाथ अव्यवस्थित खानाको कारणले गर्दा हुने रोग भएकाले बढी चिल्लो, प्रोटिनयुक्त खाना नखाने तथा मदिरा र धुम्रपान नगर्दा नै राम्रो हुन्छ ।

कलेजोका बिरामी : विशेषगरी मदिरा, बोसोयुक्त र चिल्लो खानाकै कारण कलेजोमा समस्या निम्तने हो । चाडबाडको समयमा खानामा ध्यान नदिँदा कलेजो बिग्रन सक्छ । मानिसको रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पार्दै जान्छ । रक्सीलाई पचाउने काम कलेजोको हो । कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिँदै जल्दै जान्छ, यस क्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ । ऊर्जा खर्च भएन भने त्यो बोसोमा परिवर्तन भई कलेजो, रक्तनली र मुटुमा जम्मा हुन पुग्छ । रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने भएकोले कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ । यसका लागि नियमित व्यायाम गर्न जरुरी छ ।

मधुमेहका बिरामी: चाडबाडको समयमा मधुमेहका बिरामीले चिनी र चिनीबाट बनेका परिकार खानु हुँदैन । यस्ता बिरामीले आलुको अचार, ड्राइफुड, जंक फुड, बोसो भएको मासु नखानु बेस हुन्छ । बिरामीले मह, केक, पेय पदार्थ, हर्लिक्स, आइसक्रिम, जाम, जेली, सक्खर, तेलमा तारेका खाना वा बोसो जन्य उत्पादन आदि खानु हँुदैन । धुमपान र मद्यपान गर्नु हुँदैन । मधुमेहीले थोरै मात्रामा चामल, गहुँ, मकै, फापर, कोदो, जौ, चिउरा, भुजा कर्नफ्लेक्स, चाउमिन, गेडागुडी खान हुन्छ । माछा, मासु, अन्डा, फलफूल, वनस्पति तेल थोरै खाने तर  स्वास्थ्यको ख्याल गरेर ।  मधुमेहका रोगीले स्वस्थ मानिससरह हरिया सागसब्जी, करेला, काउली, गोलभेडा, इस्कुस, घिरांैला, सलाद, साग, काँक्रो, सेतो मुला, बन्दा, रायो, कुरिलो, चम्सुर, पालुंगो, गाँजर, कागती आदि खान मिल्छ । यस्तै पेय पदार्थमा चिनी तथा घ्यु नभएका चिया, कफी, सुप खान सकिन्छ । खाना खानै परे पनि नियमित क्रियाकलाप र शारीरिक व्यायम पनि गर्न जरुरी छ ।

मुटुरोगका बिरामी : नेपालीको भान्सामा पाक्ने खानेकुरा सामान्य चाडबाडमा मात्र नभई अन्य समयमा पनि मुटुका लागि उपयुक्त हुँदैन । दसैंको समयमा बढीजसो रातो मासुका परिकार बनाउने गरिन्छ, यो मुटु रोगीका लागि झनै हानिकारक हो । मुटुका बिरामीले विशेषगरी चाडबाडको समयमा स्वास्थ्यको निकै ख्याल गर्नुपर्छ । रातो मासु नखाने, रक्सी सेवन नगर्ने, धुम्रपान नगर्ने, चिल्लो पदार्थ कम गर्ने, कुखुरा माछा पनि थोरै मात्रामा खाने, चिल्लो बढी भएको माछामासु तथा अन्य खानेकुरा खाँदै नखाने, नुन धेरै हालिएको खानेकुराबाट पनि टाढा रहनुपर्छ । मुटुका बिरामीहरूले एक–दुई टुक्रा सेतो मासु र प्रशस्त मात्रामा हरियो सागसब्जी तथा फलफूल खानु नै सबैभन्दा उत्तम उपाय हो ।

उच्च रक्तचाप: मासुको परिकार धेरै चिल्लो हुने भएकाले उच्च रक्तचाप भएकाले यस्तो परिकार खानु हुँदैन  । रातो मासु र चिल्लो दुवै रक्तचापका बिरामीलाई हानिकारक हुन् । यो समयमा स्वास्थ्यको समस्याबाट जोगिन रातो मासु नखाने, रक्सी सेवन नगर्ने, धुम्रपान नगर्ने, चिल्लो पदार्थ कम गर्ने, कुखुरा र माछा पनि धेरै नखाने, चिल्लो बढी भएका माछामासु तथा अन्य खानेकुरा खाँदै नखाने, नुन धेरै हालिएको खानेकुरा खानु हुँदैन ।

मिर्गौला रोगी: दसैैंको सयममा नेपालीहरूले खाना होस् या खाजा; मासु छुटाउँदैनन् । दसैंमा मासुभात, मासुचिउरा तथा मासुका अनेक परिकारसँगै मसालेदार र अधिक चिल्लो भएका खानेकुरा बढी प्रयोग हुन्छ । यसका साथै मदिरा पनि अत्यधिक मात्रामा पिउने गरिन्छ । चिल्लो र मदिराको अव्यवस्थित खानपानका कारण मिर्गौला असन्तुलन हुन गई फेलसमेत हुन सक्ने सम्भावना रहन्छ । त्यस कारण मिर्गौला रोग लागिसकेकाले चाडबाडमा मासु र अत्यधिक चिल्लो खानु हुँदैन । सामान्य समस्या देखिएकाले पनि मदिरा र खानपिनमा ध्यान नदिँदा मिर्गौलाको नियमित प्रक्रियामा असर पुग्न सक्छ ।

युरिक एसिडका बिरामी: युरिक एसिड भएका व्यक्तिहरुले रातो मासु, रक्सी तथा बढी प्रोटिनयुक्त खाना सकभर खानु हुँदैन । अन्य सामान्य मानिसले पनि बढी रातो मासुको सेवन गर्नाले युरिक एसिडको जोखिम बढाउँछ ।यदी यस्ता समस्या भएका मानिसले यस्तो खाना बढी मात्रामा खाएमा हड्डी कँुज्जिने, जोर्नीबाट पीप बग्ने र प्यारालाइसिस् पनि हुन सक्छ । चाडपर्वमा माछा मासु मात्र खाने होइन, यसको साथै सागसब्जी र फलफूल पनि त्यति नै मात्रामा खाने गर्दा फाइदा हुन्छ ।

मासुका परिकार र चिल्लो खाना ठिक्क खाने र सँगसँगै तरकारी, फलफूल, सलाद, दाल सबै मिलाएर खाएमा स्वास्थ्यलाई हानि हुँदैन । चिल्लो खानाका कारण शरीरमा बोसो जम्मा हुने हुँदा धेरै मानिस बिरामी पर्छन् । चाडबाडमा दीर्घरोगीहरूले खानपिनमा ध्यान नदिँदा गम्भीर अवस्थामा अस्पतालमा पु¥याउनुपरेका थुप्रै उदाहरण छन् । मासुले हानि मात्रै गर्छ भन्ने होइन तर खाने बेलामा ध्यान दिइएन भने त्यसले थप समस्या निम्त्याउँछ ।

मोटो शरीर, रगतमा कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड भएका व्यक्तिले सकभर मासु नखानु राम्रो हुन्छ । भेटघाट, रमाइलो गर्नेभन्दा पनि स्वादको पछाडि लागेर खानपिनमा सामान्य हेलचेक्र्याइँ गर्दा धेरैको चाडबाड अस्पतालमा बित्ने गरेको हुन्छ ।

 

[ad_2]

Source link

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *