Banner News

राष्ट्रिय जनमोर्चाले पुर्यायो केन्द्रमा ३३ प्रतिशत महिला

असोज २२, काठमाडौं । राष्ट्रिय जनमोर्चाले पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्याएको छ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी बुटलामा बसेको पार्टी केन्द्रीय समतिको बैठकले समिति पुनर्गठन गरी ३३ प्रतिशत महिला राखिएको बताएका छन्।

‘राजनैतिक दलसम्बन्धी नयाँ कानूनी व्यवस्था अनुुसार निर्वाचन आयोगले राजनीतिक दलहरूलाई तिनका केन्द्रीय समितिमा महिला सदस्यको सङ्ख्या कम्तीमा ३३ प्रतिशत बनाउन परिपत्र गरेको थियो।

यो बैठकले ३७ सदस्यीय केन्द्रीय समितिमा फेरबदल गरी १३ जना महिला सदस्य र २४ जना पुरुष सदस्य कायम गरेको छ।’ अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जसअनुसार समितिमा महिलाको सङ्ख्या ३५ प्रतिशत र पुरुषको सङ्ख्या ६५ प्रतिशत भएको छ। ६ जना सल्लाहाकारमा पनि ३३ प्रतिशत महिलाको सङ्ख्या बनाईएको छ।’

राजमोले पुनर्गठित केन्द्रीय समतिको नामावली पनि सार्वजनिक गरेको छ।

जसमा अध्यक्ष– चित्रबहादुर के.सी.(वाग्लुङ) कार्यकारी अध्यक्ष– रेश्मीराज नेपाली (दाङ), उपाध्यक्ष– बद्रे आलम (रूपन्देही), उपाध्यक्ष तथा प्रवक्ता– दुर्गा पौडेल (प्युठान), महासचिव– जनकराज शर्मा (सुर्खेत), सचिव– हिमलाल पुरी (पर्वत), कोषाध्यक्ष– ओमबहादुर के.सी. (दाङ), सदस्यहरू– मनोज भट्ट (डोटी), कृष्णबहादुर खड्का (प्युठान), राजेन्द्र ढुङ्गाना (वाग्लुङ), डम्बर पुरी (चितवन), नन्दराज भट्ट (कैलाली), रत्नविक्रम प्यासी राना (सुर्खेत), लक्ष्मी बास्कोटा (वाग्लुङ), लोकेन्द्र लम्साल (कञ्चनपुर), देवजङ्ग शाही (कालिकोट), कर्ण थापा (बारा), सोमकुमार कार्की (पाल्पा), लालबहादुर जाग्री (डडेल्धुरा), झविलाल थापा (अर्घाखाँची), घनश्याम न्यौपाने (काठमाडौँ), कमला जि.सी. (दाङ), तारा पौडेल (चितवन), तारा जि.सी.( प्युठान), पियारी थापा (वाग्लुङ), लालबहादुर थापा (काठमाडौँ), कृष्णा रावल (सुर्खेत), कल्पना भण्डारी (बझाङ), तारा थापा (गुल्मी), इन्दीरा ज्ञवाली (रूपन्देही) रहेका छन्।

बैकल्पीक सदस्यहरूमा यमलाल पोख्रेल(अर्घाखाँची), हेमकुमार गुरुङ (शङ्खुवासभा), बलबहादुर भण्डारी ( हुम्ला), चिन्तामणी शर्मा (काठमाडौँ), लक्ष्मी केसी (काठमाडौँ ), र राधा खतिवडा ढकाल (मोरङ) रहेका छन्। सल्लाहकारहरूमा काजिलाल वाईवा (सिराहा), दानबहादुर चौधरी (कैलाली), मोमिना खातुन (बाँके), शेरबहादुर विक (कैलाली), रामवावु फुयाँल (काठमाडौ) र मञ्जु परियार (कञ्चनपुर) रहेकाे पनि राजमाेले जनाएकाे छ।

राजमोले कर बृद्धि, महङ्गी, भ्रष्टाचार, वलात्कार, हत्या, हिंशा, सङ्घीयता र राष्ट्रहित विरोधी नारिकता विधेयक विरुद्ध विरोधका कार्यक्रमहरू आगामी पौषको तेस्रो हप्तासम्म गर्ने जनाएको छ। सातवटै प्रदेशमा विभिन्न विषयहरूमा अन्र्तक्रियात्मक गोष्ठी गर्ने ठेगान पनि गरेको छ।

यस्तै, पर्यटन विकासका लागि देशैभरी पहल गर्ने निर्णय गरेको राजमोले आगामी फागुन महिनामा प्युठानमा ‘ओखरकोट म्याराथुन दौड’ आयोजना गर्ने जनाएको छ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *