२२ असोज, डडेल्धुरा । जिल्ला कारागार डडेल्धुराका कैदीबन्दीले विभिन्न माग राख्दै आमरण अनसन सुरु गरे.का छन् ।
डाका चोरी मुद्दाका कैदीबन्दी चन्द्रसिं साउँद र कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी देविसिंह ऐरले सोमबारदेखि ७ बुँदे मागसहित आमरण अनसन सुरु गरेका हुन् ।
असल चालचलन भएका सुधारोन्मुख अवस्थामा रहेका कैदीबन्दीहरुलाई ६० प्रतिशत माफी मिनाहाको पुरानै व्यवस्थालाई यथावत कायम राखी तुरुन्त लागू गरिनु पर्ने माग उनीहरुको छ ।
यस्तै, न्याया दिने अदालत प्रहरी संगठनहरुमा मौलाउँदै गएको चरम लापरबाही भ्रष्टाचार, फितलो अनुसन्धान, फैसलामा हुने ढिलासुस्ती, निर्दोषहरु फसाउने क्रियाकलापको अन्त्य गर्न ठोस् कदम चाल्नुपर्ने माग राखिएको कैदीबन्दी चन्द्रसिंह साउँदले बताए ।
भरणपोषण भत्ता ६० बाट वृद्धि गरी प्रतिदिन १०० को व्यवस्था गरिनुपर्ने, अनुत्पादक अवस्थामा समय खेर फाल्दै आएका कैदीबन्दीहरुका लागि कारागार भित्रै श्रम गर्न पाउने गरी रोजगारमुलक उत्पादनमुलक कारखाना स्थापना गर्नुका साथै खुला कारागार नीतिलाई तुरुन्त कार्यान्वयन गरिनुपर्ने,सशस्त्र द्वन्द्वबाट प्रभावित घटनाहरुलाई अवस्थाका आधारमा अपराधको नामाकरण गरी फर्जी मुद्दा चलाइ बन्दी बनाइएका राजबन्दीहरुलाई तुरुन्त प्रक्रिया मिलाइ आममाफी अन्तरगत कैदमुक्ता गरिनुपर्ने माग रहेको अर्का कैदीवन्दी देविसिह ऐरले बताए ।
हाल सम्मकर्तव्य ज्यानलगायतका केही सीमित मुद्दाका कैलीबन्दीहरुलाई मात्र माफी मिनाहा दिने विभेदपूर्ण व्यवस्था रहेकाले तत्काल सबै प्रकृतिका मुद्दा वा कैदीबन्दीहरुलाई समेत माफी मिनाहाको सुविधा कायम गरिनुपर्ने, मानोसामाजिक अपराधहरुको नियन्त्रण एवं मन्युनिकरणका लागि मृत्युदण्डसहित कडा बनाउनुभन्दा मनोसामाजिक अपराधको उत्पत्ति गराउने बिरुद्ध सचेतना शिक्षा अभियान सञ्चालन गरिनुपर्ने कैदीवन्दीहरुको माग रहेको कैदी दिपक बोहराले बताए ।
जिल्ला कारागारमा औषधि उपचार खर्च २५ जनाका लागि मात्रै आउने भएकाले हाल कारागारमा पुरुष कैदीवन्दी ५१ जना महिला ३ जना र २ जनाआश्रति बालबालिका रहेकाले उनीहरुका लागि औषधि उपचारमा समस्या हुने गरेको जेलर शिवराज भट्टले बताए ।



