Uncategorized

स्वतः स्थायीको माग गर्दै राहत शिक्षक सडकमा (९ तस्वीर)

२१ असोज, काठमाडौं । राहत शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

देशभरका राहत शिक्षकहरुले आइतबार काठमाडौंमा भेला भई स्वतः स्थायी गर्न माग गर्दै प्रर्दशन गरेका हुन् । काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरुले नयाँ बानेश्वरसम्म र्‍यालीसहित प्रदर्शन गर्दै आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको आहृवानमा आयोजित विरोध प्रर्दशनमा सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका थिए ।

हेर्नुहोस् तस्वीरहरु

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *