Uncategorized

नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं । लगातार दोस्रो हारसँगै डिफेण्डिङ च्याम्पियन नेपाल बंगबन्धु गोल्डकपको समूह चरणबाटै बाहिरिएको छ ।

शनिबार भएको खेलमा प्यालेस्टाइनले नेपाललाई १-० गोल अन्तरले हराएको हो । नेपालले पहिलो हाफ गोलरहिथ बराबरी खेलेको नेपालले ६९ औं मिनेटमा गोल खाएको थियो ।

यसअघि पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको थियो ।

हारपछि प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगिताका लागि तयारी नपुगेको बताए ।

साविकको विजेता भएपनि नेपालले यो सिजन बंगबन्धु कप खेल्ने नखेल्ने निकै ढिलो मात्र टुंगो लागेको थियो । गत वर्षको उपाधिसँगै पाएको पुरस्कार रकम मध्ये आधा आउन बाँकी रहेकाले नेपालले त्यो रकम नआएर यो संस्करण नखेल्ने बताएको थियो । नेपालले दिएको अल्टिमेटमको अन्तिम समयमा रकम आएपछि टिम त पठायो तर, राम्रो प्रदर्शन गर्न सकेन ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *