Uncategorized

डा. केसीको चेतावनीः कुनै पनि बेला अनसन बस्न सक्छु

२० असोज, काठमाडौं । काठमाडौं नेशनललाई गैरकानुनी रुपमा अस्पताल सञ्चालन गर्न अनुमति दिएको भन्दै प्रा. डा. गोविन्द केसीले विरोध गरेका छन् । उनले कुनै पनि बेला आमरण अनसन सुरु हुनसक्ने चेतावनी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले हालै मात्र प्रस्तावित काठमाडौं मेडिकल कलेजलाई ३०० शश्याको अस्पताल सञ्चालन गर्ने अनुमति दिएको थियो । डा. केसीले भने गैरकानुनी रुपमा अनुमति दिएको भन्दै खारेज गर्न माग गरेका छन् ।

‘कुनै पूर्वाधार नभएको आवासीय भवनमा काठमाडौंमा स्थापित कथित मेडिकल कलेजलाई हालै गैर कानुनी रुपमा अस्पताल सञ्चालनको अनुमति दिएकोमा कडा आपत्ति प्रकट गर्दै तुरुन्त आम नागरिकको स्वास्थ्यमा गम्भीर खेलवाड गर्ने सो निर्णय खारेज गर्न ध्यानाकर्षण गराउँछौं’ डा. केसीले भनेका छन् ।

काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा, स्नातक तहका कार्यक्रममा शुल्क बढाउने तथा आफूसँग भएको सहमति उल्लंघन भएको भन्दै उसले तीनबुँदे माग अघि सारेका छन् ।

उनले आफूसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, विगतका सम्झौता कार्यान्वयन गर्नु पर्ने र निर्मला पन्त लगायतमाथि भएको बलात्कार तथा हत्याका घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन् । अबको आन्दोलन कुशासन गर्ने मुख्य पात्रहरुविरुद्ध हुने भन्दै उनले भनेका छन्, सरकारले एकपछि अर्को गरी हामीसित भएका सम्झौता उल्लंघन गर्ने तथा भ्रष्ट/माफियाहरुका हितमा निरन्तर काम गरिरहेकाले कुनै पनि बेला सत्याग्रहलगायत आन्दोलनका कार्यक्रमहरु शुरु गर्ने जानकारी गराउँछु ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *