Uncategorized

फागूणमा अनमोलको ‘क्याप्टेन


नायक अनमोल केसी फुटबल खेलाडीको रुपमा देखिन लागेको चलचित्र ‘क्याप्टेन’को रिलिज मिति फाइनल गरिएको छ । भदौ, असोज, कात्तिकमा रिलिज हुने भनेर चर्चा गरिएतापनि अब चलचित्र फागूणमा आउने पक्का भएको छ ।
चलचित्रका निर्माता भूवन केसीले फागूणको १७ गतेलाई रिलिज मिति तय गरिएको बताए । केही बिदा पर्ने भएपछि भूवन र वितरक मनोज राठीले यो मितिमा चलचित्र रिलिज गर्ने बताएका हुन् ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रको भीएफएक्सको काम पनि सकिएको छैन । भूवनले अनलाइनखबरसँग भने-‘हामीलाई भीएफएक्सका लागि अझै २ महिना समय लाग्ने भयो । पुष र माघमा सिनेमा रिलिज गर्दा खासै फाइदा हुँदैन । यसैले, फागूणमा पुगेका हौं ।’

चलचित्रमा अनमोल केसी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, प्रियंका एमभी, उपासना सिंह ठकुरी लगायतका कलाकारको मुख्य भूमिका छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *