Uncategorized

धर्मश्री प्रतियोगिता असोज तेस्रो साता

१२ असोज, काठमाडौं । शारीरिक सुगठन प्रतियोगिता ‘धर्मश्री’ असोज तेस्रो साता हुने भएको छ । नेपाल ब्यायाम मन्दिरले प्रतियोगिताको १५ औं संस्करण असोज १९ र २० गते गर्ने भएको हो ।

मन्दिरका अध्यक्ष नारायण प्रधानका अनुसार प्रतियोगितामा करिव ४०० खेलाडीहरुले विभिन्न ७ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गराइनेछ । प्रत्येक तौल समूहका पहिलो स्थान हात पार्ने खेलाडीहरुले ओभरअल राउण्डमा धर्मश्री उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् ।

विजेताले नगद ५ लाख पाउनेछन् । दोस्रो हुनेले २ लाख, तेश्रोले १ लाख, चौथोले ९० हजार, पाँचौले ८० हजार, छैटौंले ७५ हजार र सातौं स्थान हात पार्नेले ६० हजार पाउनेछ ।

यस्तै तौल समूहमा दोस्रो र तेश्रो हुनेले क्रमश नगद ३० हजार र २० हजारका साथै मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *