Uncategorized

३ महिनादेखि बेपत्ता बालकको कंकाल भेटियो

१२ असोज, हुम्ला । ३ महिनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कंकाल भेटिएको छ ।

गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट हराएका बालकको ३ महिनापछि कंकाल भेटिएको हो ।

मृतक शाही स्थानीय बालज्योति आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *