Uncategorized

च्याम्पियन्स लिगमा अर्को सिजनबाट भीएआर

११ असोज, काठमाडौं । युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा अर्को सिजनबाट भिडियो एसिसटेन्ट रेफ्री (भीएआर) प्रयोग गरिने भएको छ ।

यूईएफएले २०१९ को सुपर कप र २०२० को युरो कपमा पनि भीएआर प्रयोग गर्ने निर्णय गरेको छ । युरोपा लिगमा भने २०२०-२१ र नेसन्स लिगमा २०२१ फाइनलमा प्रयोग हुनेछ ।

२०१८ को रुस विश्वकपमा पनि भीएआर प्रयोग गरिएको थियो, जसले गर्दा महत्वपूर्ण निर्णयहरु लिने बेला रेफ्रीले भिडियो फुटेज हेर्ने अवसर पाएका थिए ।

अब २०१९-२० को सिजनमा च्याम्पियन्स लिगमै भीएआर प्रयोग गरिने यूईएफएले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *