Banner News

पृथ्वीनारायण क्याम्पस पोखराका स्नाकोत्तर बिधार्थीहरु आन्दोलीत

असोज ८, पोखरा । पृथ्वीनारायण क्याम्पस पोखराका स्नाकोत्तर बिधार्थीहरु आन्दोलीत भएका छन् ।

लाखै बिधार्थी अध्ययन गर्न पि एन क्याम्पसमा सेमेस्टर प्रणाली अन्तर्गत स्नाकोत्तरतहमा अधीकतम शुल्कको बिरोध स्वरुप गत शुक्रबार क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएपनी बेवास्ता गरेपछि स्नाकोत्तर MBS,MED, MA, MSC, MPA, MA का बिधार्थीहरुले आन्दोलन गर्न बाध्य भएका हुन ।

ज्ञापन पत्रको सुनुवाई नभएपछि आज बिधार्थीहरुले नाराबाजी सहीत क्याम्पस प्रमुख डा चन्द्र बहादुर थापाको कार्यकक्षमा कालो झन्डा बाधीएको छ । साथै क्याम्पसमा सबै संकायका शुल्क टासिएको बोर्डमा कालो झन्डा राखी, क्याम्पस प्रशासनको मुल गेटमा करिब आधा घन्टामा धर्ना बसेका थिए।

आन्दोलनको नेतृत्व गरेका शुवास पौडेलले स्वतन्त्र बिधार्थीहरुको आन्दोलनमा कुनै राजनैतीक बिषय नबनाउन आग्रह गरेका छन् । बिधार्थीहरुको समस्या भएका कारण राजनैतीक पर राख्नु पर्न बताए ।

देशकै ठुलो र अत्याधीक बिधार्थी भएको क्याम्पसमा बढी भन्दा बढि शुल्क तिर्न बाध्य बनाइएको र बिधार्थीले पाउनु पर्ने सेवाहरु नपाएको गुनासो गरेका छन्। आन्दोलनका क्रममा बिधार्थीहरुले क्याम्पस प्रशासन बिरुद्ध किसिमका नाराहरु लगाएका थिए ।

यस बिरोध सभामा बोल्दै बिधार्थीहरुको प्रतिनीधीत्व गदै शुवास पौडेलले बिधार्थीहरुको जाहेज माग तत्काल सम्बोधन नभए क्याम्पस प्रशासन ताल लगाउने देखी लिएर क्यापसका सम्पूर्ण पठन पाठन ठप्प पार्ने चेतावनी दिएका छन् ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *