८ असोज, काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरी सोमबार परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइएको छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ । हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि इन्द्रजात्रा सुरु हुन्छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ ।
आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा हेरेकी छन् ।
भूकम्पले भत्किएको गद्दी बैठक यस वर्ष पुनःनिर्माण सकिएकाले त्यहीँ इन्द्रजात्राका कार्यक्रम गरिनेछ ।
हेर्नुहोस् तस्वीहरु





