समाचार

न्यायालयमा सरकारको दबाव र प्रभाव पार्नु हुन्नः सुशीला कार्की

६ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीले न्यायालयमा राजनीतिक ‘प्रभाव र दबाव’ पर्न नदिन नहुने बताएकी छिन् ।

कार्यपालिकाको दबाव र प्रभाव परे न्यायालय कमजोर हुने उनले बताइन् । ‘न्यायपालिका कमजोर भए लोकतन्त्रको अस्तित्वमाथि नै प्रश्न उठ्न सक्छ’ शनिबार आफ्नो पुस्तक ‘न्याय’ सार्वजनिक कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कार्कीले भनिन्, ‘न्यायपालिकामा सरकारको हस्तक्षेप हुने हो भने प्रजातन्त्रको खम्बाको रुपमा रहेको शक्ति सन्तुलनको सिद्धान्तमा प्रतिकुल प्रभाव पर्छ । एकतन्त्रीय शासन शैली बन्न जान्छ ।’

चिकित्सक गोविन्द केसीले कार्कीलाई साहसी प्रधानन्यायाधिशको रुपमा चित्रण गरे । कार्की प्रधानन्यायाधिश नभएको भए भ्रष्टाचारको अभियोग लागेका तत्कालीन अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्त बदर गर्न सक्ने अवस्था नहुने उनको विश्लेषण थियो ।

पुस्तकमा कार्कीले प्रधानन्यायाधिशको रुपमा खेलेको भूमिकालाई केन्द्रमा राखेर न्याय सम्पादनका विभिन्न आयामबारे चर्चा गरिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *