Banner News

दिल बहादुर घर फर्किए: परिवारमा छायो खुसि

असोज ६, काठमाडौं । एउटा मानवको खुसीको क्षणलाई शब्दमा बुनेर कहिलै पुरा हुँदैन, सायद त्यो अधुरो नै हुन्छ । साउदीको बालुवामा चुँडीदै गरेको एउटा परिवारको खुसि आज सकुशल घर फर्किएको छ । बर्षौ देखि श्रीमान पाउनका लागि दिन रात बग्ने मोनिकाका रोदन युक्त आँशुहरु अब थामिएका छन् र तिनै आँशुहरुमा आज संसारिक खुशी भेटिएको छ।

हिजो बाबा संगै बसेर हाँसखेल गर्ने अधुरो बालापनको निरस रहरहरु त छंदै थिए । त्यसमाथि पनि बालुवामा बाबा हराउदै गरेको खबरले बालापनको हृदयमा आँधीहुरी चलेको थियो, जुन बेलाको निरस संसार कस्तो थियो, सायद बयान गरि साध्य छैन, किन कि हरेक छोरा छोरीका लागि बाबाहरु जिन्दगीको ठुलो आर भरोसाको बैसाखी बन्ने गर्छन ।

त्रिभुवन विमानस्थलमा आज बिहान तिनै बाबालाई पाउदा बच्चाहरुको मुहारमा बलियो आत्मबल सहितको खुसि भेटिन्थ्यो । अब भने उनीहरु संधै बाबा संगै हुने छन, धित मरुन्जेल रमाउने छन र  हर दुखसुखको बैसाखी बन्ने छन् ।

तर यो सब देश बिदेशमा रहेका सहयोगी मनहरुको महान देन हो । त्यसैले त श्रीमती मोनिकाले पहिलो धन्यवाद तिनै परोपकारी हातहरुलाई दिएकी छन र प्रण गरेकी छन ‘बाँचुन्जेल सम्म सहयोगी दाताहरुको गुणलाई कहिलै भुल्ने छैन’।

साउदी जेलमा ब्लडमनी सजाय भोगिरहेका दिलबहादुर घर्ति शनिवार बिहान जन्म भुमि स्वदेश फर्किए । तोकिएको ब्लडमनि रकम तिरेको ३७ दिनमा उनि नेपाल फर्किएका हुन ।

दिल बहादुर घर्ति बिहान ९:२० बजे एर अरबिया बिमान मार्फत अन्तर्राष्ट्रिय त्रिभुवन बिमानस्थलमा अवतरण भएका थिए । उनलाई एरपोर्टमा स्वागत गर्न श्रीमती मोनिका संगै छोरी र छोरा पुगेका थिए भने दिल बहादुर उद्दार मूल समितका संयोजक दिपेश पुन स्वयं उपस्थित भएर न्यानो स्वागत गरेका थिए ।

मूल समितिकै महासचिव जीवन रोका मगर, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका महासचिव लेख प्रसाद रोका मगर लगायतको टोलि संगै इन्द्रेणी लगायत अन्य मिडिया कर्मीहरु पनि एर्पोट पुगेका थिए । दिल बहादुर फर्किएको खुसियालीमा दोसल्ला ओढार उपस्थित सबैले फूलमालाले स्वागत गरेका थिए।

श्रीमती मोनिकाले आफ्नो हराउदै गरेको श्रीमान पाउदाको खुसि सम्भवतः शब्दमा बर्णन गरि साध्य छैन । उनले सम्झी रहेकी थिइन त केवल श्रीमानलाई स्वदेश फर्काउने हातहरुलाई । त्यसैले उनको धन्यवादको पुकार पनि श्रीमानका लागि उद्दार अभियान चलाएर सहयोग गर्नुहुने विभिन्न संघ संस्था र ब्यक्तिहरुलाई नै अभिव्यक्त गरिरहेकी थिइन ।

दिल बहादुरले आफु नेपाल फर्किन पाएकोमा खुसि व्यक्त गर्दै सहयोग अभियानमा जुट्ने सबैलाई आभार व्यक्त गरेका छन् । आफु निर्दोष हुँदाहुँदै पनि दोषी बन्नु पर्ने विवसतालाई उजागर गरे । म जस्तै नेपालीहरु बिना गल्ति बिदेशमा उस्तै पिडा भोगिरहेको बताए । उनले भने ‘म जस्तै निर्दोषहरुको उद्दारमा एकजुट भएर उद्दारमा लागौ’।

समाज सेवी तथा अभियान संयोजक दिपेश पुनले दिल बहादुर पुनलाई छोटो समयमा नै स्वदेश फर्काउन सफल भएपछी खुसी व्यक्त गरे । दिल बहादुरलाई पाउन श्रीमतीको अथाह त्याग तपस्या देखेर नै देश विदेशबाट दयावान युवाहरु एकजुट भएर दिल बहादुरलाई घर फर्काउन सफल भएको बताए ।

आगामी दिनहरुमा पनि यसरि नै एकजुट भएर सहयोगमा जुट्ने छौ भन्दै सहयोगी हातहरुलाई धन्यवाद समेत दिए।

दिल बहादुर घर्तिको उद्दारका लागि उठेको बाँकी बचत रकम के गर्ने भन्ने बारे अभियानमा आबद्द विभिन्न संघ संस्था र व्यक्तिहरु संग समन्वय गरि छिट्टै टुंगोमा पुग्ने पुनले बताएका छन् । अभियान मार्फत उठेको सम्पूर्ण रकमको लेखाजोखा केहि दिनमै पत्रकार सम्मेलन गरि प्रकाशित गर्ने समेत उनले बताएका छन् ।

सम्बन्धित समाचारहरु पढ्नुस

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *