काठमाडौँ– फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६० औँ स्थानमा रहेको छ । गत महिना नेपाल १६१ औँ स्थानमा थियो । बङ्गलादेशमा हालै सम्पन्न साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा नेपालको वरियतामा सुधार आएको हो । फिफाले निकालेको नयाँ वरियतामा नेपाल दक्षिण एशियाली राष्ट्रमा तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत र माल्दिभ्स क्रमशः ९७ औं र १५१ औँ स्थानमा रहेका छन
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्


