समाचार

डडेल्धुराको पोखरामा भेटियो युवकको शव

३ असोज, डडेलधुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ मा एक युवक मृत फेला परेका छन् । मंगलबार अमरगढी नगरपालिका वडानम्बर ६ का अन्दाजी २० वर्षीय इन्द्रबहादुर ताम्राकार मृत फेला परेका हुन् ।

अमरगढी नगरपालिका–७ पारामेडिकल कलेज पोखरा नजिक रहेको खोलामा उनको शव फेला परेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

शव अहिले पोष्ट मार्टमका लागि डडेल्धुरा सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *