Banner News

दुवै मृगौला फेल भएकी बर्षालाई किसनको सहयोग

असोज २, काठमाडौं। गुल्मी रुरु गाउपालिका ३ घर भएकी मृगाैला पिडित बर्षा बिकलाई कंचनपुरका किसन बिकले उपचारका लागि सहयोग गरेका छन्। बर्षाको दुवै मृगौला फेल भएर त्रिभुवन शिक्षेण अस्पतालमा उपचार गराई रहेको सामाजिक संजाल मार्फत थाहा पाएपछी आफ्नो पहलमा सहयोग जुटाएका थिए ।

किसानले धन राज बिक र रुपा बिक मार्फत मृगौला पिडितको यथार्थ पहिचान गरि किसन बिश्वकर्माले सहयोगका लागि अाफ्नाे फेसबुक मार्फत सहयाेगको अपिल गरेका थिए । यसरि बर्षा बिकको उपचारका लागि उठाएको रकम डाईरेक्टर तथा निर्देसक असाेक बिक द्वारा पिडितलाई रु. ५६ हजार ५ सय सहयोग रकम सोमबार हस्तान्तरण गरेका थिए।

सामाजिक सेवामा लागेका किसनले पीडितका लागि सहयोग गरेको यो दोस्रो अभियान भएको बताए । यस अघि स्तन क्यान्सर पिडित गिता कटुवाललाई पनि सहयोग गरेका थिए।

बिस्वकर्माले संन्जय बर्माको लागि पनि केही रकम उठि सकेको उनका सहयोगी साथी किरण कटुवालले जानकारी दिए। कटुवालले भने कंचनपुरका किरण बिस्वकर्मा सहयोगी र समाज सेवी असल युवा हुन् ।

अभियान्ता किसन बिश्वकर्मालाई साथ् दिने अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीका महासचिव चन्द्र प्रकाश पुन, किरण कटुवाल, निर्देशक अशोक बिक, धन राज बिक, रुपा बिक, कबि राज गिरि लगायत सहयाेगि दाताहरु लाई धन्यवाद समेत दिएका छन्।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *