११ असोज, मोरङ । उच्च अदालत, बिराटनगरले ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडिआईजी गोविन्दप्रसाद निरौलालाई छाड्न आदेश दिएको छ । बिहीबार उच्च अदालतले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो । निरौलाले २९ चैत ०७४ मा अवकाश पाएका थिए । उनले विमानस्थल प्रहरी प्रमुख रहेका वेला निरन्तर सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क गरेको दाबी गरिएको […]
Uncategorized
शिक्षाका सरहरू ! टेम्पोको लाइसेन्स लिएर हवाइजहाज उडाउने ?
विगत केही आर्थिक बर्ष अघिदेखि चालु आर्थिक बर्षसम्म सरकारले शिक्षा क्षेत्रका लागि छुट्याएको वार्षिक बजेटको हिस्सा हेर्ने हो भने बढेको बढ्यै छ । सरकारले आर्थिक वर्ष ०६७/०६८ देखि ०७५/०७६ सम्म बार्षिक कूल बजेटको क्रमश: १७.११ प्रतिशतबाट हाल ९.९१ प्रतिशत बिनियोजन गर्दै आएको देखिन्छ। बार्षिक बजेटमा शिक्षा क्षेत्रको लागि बिनियोजित बजेटको मात्रा घट्दै गएको देखिएता पनि यसको आकार हेर्दा शिक्षा क्षेत्र […]
प्रहरीको भरपर्दा दोषी पत्ता लगाउन ढिला
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेका छन्। घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको माग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्मलाका बुबाआमासहित प्रदेश नम्बर ७ का सांसदसँगको भेटमा प्रधानमन्त्री ओलीले धन, बल, दल वा ओहोदा […]
राष्ट्रिय परीक्षा बोर्डमा बदमासी : कक्षा ११ को उत्तरपुस्तिका घरमै लगेर फेरि लेखियो
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डमा कतिसम्म लापरबाही र बदमासी हुन्छ भन्ने तथ्य सार्वजनिक भएको छ । बोर्डका कर्मचारीको मिलेमतोमा कक्षा ११ को उत्तरपुस्तिका घरमै लगेर लेखेको पाइएपछि अहिले प्रहरीले अनुसन्धान थालेको छ । ०७४ साल जेठमा सञ्चालन भएको कक्षा ११ को परीक्षामा ललितपुरको डिएभी सुशील केडिया विश्व भारती उच्च माविका विद्यार्थीको उत्तरपुस्तिका बोर्डको कार्यालयबाट घरमा […]
नेविसंघको १२ औँ महाधिवेशन साउन २३ देखि
काठमाडौं – नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन साउन २३ देखि २७ गतेसम्म काठमाडौंमा हुने भएको छ। नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेविसंघमा निर्वाचन हुने वा नहुने भन्ने अन्योल बढिरहेका बेला महाधिवेशन तोकिएकै समयमा गर्न लागिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए। बिहीबार नेपाल ल क्याम्पसमा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष महरले संघीयतामा […]
हडताल गरे बस कब्जामा लिएर चलाउन तयार बस्नू : गृहमन्त्रीको प्रहरीलाई निर्देशन
काठमाण्डौ । सिन्डिकेट तोड्न यातायात व्यवसायी समिति खारेज गर्ने निर्णय गरेको सरकारले यसको प्रतिकारमा हड्ताल भए सार्वजनिक गाडीहरु कब्जामा लिएर सुरक्षाकर्मी प्रयोग गरी चलाउने चेतावनी दिएको छ। मंगलबारको मन्त्रिपरिषद निर्णयलगत्तै गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीहरु हड्तालमा ओर्लिए बस, ट्यांकर लगायत सार्वजनिक गाडी कब्जामा लिई सञ्चालन गर्न तयारी अवस्थामा बस्नू भनी प्रहरीलाई निर्देशन दिएका छन्। ‘सिन्डिकेट […]
नयाँ वर्ष विसं-२०७५ प्रारम्भ, एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै
१ वैशाख, काठमाडौं । आजबाट नयाँ वर्ष २०७५ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, बिभिन्न स्थानमा घुम्न जाने र मन्दिरमा पूगेर पूजा गर्ने नेपालीहरुको प्रचलन छ । आज हरेक व्यक्तिले गत वर्ष […]
हिन्दु संस्कारभित्र लुकेका १० वैज्ञानिक कारणहरू
१. सूर्य नमस्कारको संस्कार हिन्दुहरूले एकाबिहानै सूर्य भगवानलाई जल चढाउने परम्परा कायम राखेका छन् । यसो किन गरिएको हो भने बिहानीपख सूर्यका किरणलाई पानीमा हेर्दा वा सिधै हेर्दा आँखालाई राम्रो गर्छ अनि यो कार्य नियमित गर्दा हामी बिहानीको जीवनशैली अपनाउन थाल्छौं र बिहानको समय दिनको सबभन्दा प्रभावकारी भाग हो भनी प्रमाणित भएको छ । २. […]
सिद्धार्थ विद्यापिठ भक्तपुरको १९ औ अभिभाबक दिवस सम्पन्न
भक्तपुरकाे गठ्ठाघरस्थित सिद्धार्थ विद्यापिठ स्कुलकाे १९ औँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह शनिबार सम्पन्न भएकाे छ । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मंत्री एबम भक्तपुर क्षेत्र न २ का सांसद महेश बस्नेतले विद्यार्थी र शिक्षकहरू अनुशासन, लगनशीलता र समर्पणमा केन्द्रित भएमा शैक्षिक उपलब्धि हासिल हुनसक्ने बताए । उनले भने, ‘अनुशासनमा अडिन सके हामी सँधै सफल हुन्छौँ […]
नेपालकोअाधा जनसंख्या क्षयरोग संक्रमणको जोखिममा
भक्तपुर । नेपालमा हरेक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ । क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कविहीन रहेको तथ्यांक केन्द्रले सार्वजनिक गरेको छ । केन्द्रका अनुसार नेपालमा बर्षेनी करिब ३५ […]





