Uncategorized

सिद्धार्थ विद्यापिठ भक्तपुरको १९ औ अभिभाबक दिवस सम्पन्न

भक्तपुरकाे गठ्ठाघरस्थित सिद्धार्थ विद्यापिठ स्कुलकाे १९ औँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह शनिबार सम्पन्न भएकाे छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मंत्री एबम भक्तपुर क्षेत्र न २ का सांसद महेश बस्नेतले विद्यार्थी र शिक्षकहरू अनुशासन, लगनशीलता र समर्पणमा केन्द्रित भएमा शैक्षिक उपलब्धि हासिल हुनसक्ने बताए । उनले भने, ‘अनुशासनमा अडिन सके हामी सँधै सफल हुन्छौँ ।’

समारोहमा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ,  भक्तपुर प्याब्सनका अध्यक्ष श्री कृष्ण केसी र विद्यालयका अभिभावक एमब चिकित्सा शिक्षा आयोगका प्रमुख लालजंग चौहानले शुभाकामना मन्तव राख्नु भएको थियो भने गुरुदेव श्री चिन्तामणी योगीले अभिभावक र विध्यर्थीहरुलाई लक्षित गरि आफ्नो प्रवचन समेत राख्नुभएको थियो ।

विद्यालयका निर्देशक राजेन्द्र थापाको सभाध्यक्षातामा सम्पन्न भएको कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक  दिपिका थापाले विद्यालयले गुणस्तरीय र जीवनोपयोगी शिक्षामा जोड दिएको बताउँदै शिक्षाको बिकासमा निजी शैक्षिक संस्थाहरुको महत्वपुर्ण भूमिका रहेको चर्चा गरिन ।

विद्यालयमा आयोजित अभिभावक दिवसका क्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर विविधताको बीचमा एकताको सन्देश दिएका थिए  भने जेस्ठ नागरिक (९२ वर्ष का ) मदन गोपाल जगुलु श्रेष्ठ र मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ लाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist From Bhaktapur
http://www.purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *