Uncategorized समाचार

नेपालकोअाधा जनसंख्या क्षयरोग संक्रमणको जोखिममा

भक्तपुर । नेपालमा हरेक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ ।

क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये  झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कविहीन रहेको तथ्यांक केन्द्रले सार्वजनिक गरेको छ ।

केन्द्रका अनुसार नेपालमा बर्षेनी करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी देखापर्ने गरेका छन् भने क्षयरोगकै कारण नेपालमा वर्षेनी पाँचदेखि सात हजार बिरामीको मृत्यु हुने गरेको छ । नेपालको जनसंख्याको ४५ प्रतिशत मानिसमा क्षयरोग संक्रमणको जोखिम रहेको केन्द्रको भनाइ छ ।

क्षयरोगको लक्षण र उपचार

के तपाईंलाई दुई साताभन्दा बढी समयदेखि खोकी लागिरहेको छ ? मुख्यतः साँझपख ज्वरो आउँछ ? राति पसिना आउनुका साथै छाती दुख्छ ? खाना रुच्दैन ? शरीरको तौल कम भएको छ ? खकारमा रगत देखिएको छ ? छ भने चिकित्सककहाँ पुगिहाल्नुस् । यो फोक्सोमा क्षयरोग लागेको लक्षण हुन सक्छ ।
क्षयरोग भन्नासाथ मुख्यतः फोक्सोको संक्रमण ठानिन्छ । माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक जीवाणुले गर्दा क्षयरोग हुन्छ । यो ब्याक्टेरियाले मुख्यतः फोक्सोमै आक्रमण गर्छ । करिब ९७ प्रतिशत क्षयरोग फोक्सोमै हुने गरे पनि यो ब्याक्टेरियाले मस्तिष्क, आन्द्रा, मृगौला, हाड, जोर्नी लगायत कुनै पनि अंगमा आक्रमण गरेर त्यसलाई संक्रमित पार्न सक्छ ।
क्षयरोग नियमित उपचारले पूरै निको हुन्छ । मुलुकभरिका ४ हजार १ सय डट्स केन्द्रमा यो रोगको निःशुल्क औषधि र परीक्षण सेवा उपलब्ध छ ।’
क्षयरोग ीले चिकित्सकको सल्लाहमा ६ महिनासम्म नियमित औषधि सेवन गर्नुपर्छ । औषधि कहिलेकाहीं एक वर्षसम्म समेत लिनुपर्ने हुन्छ । तर बिरामीले आफूले निर्णय नगरी चिकित्सकको सल्लाहमा मात्र औषधि बन्द गर्नुपर्ने पन्त सुझाउँछन् ।
औषधि नियमित रूपमा पूर्ण अवधिसम्म सेवन नगर्नेहरूमा बहुऔषधि प्रतिरोधि क्षयरोग -एमडीआर) र एक्सडीआर विकसित हुन सक्छ । यसको उपचार अत्यन्त जटिल र खर्चिलो छ । यो वर्ष नै नेपालमा एमडीआर टीबीका २ सय ७४ केस भेटिएका छन् भने एक्सडीआर टीबीका २६ वटा । डा. पन्तका अनुसार, एमडीआरमा अढाई लाखभन्दा बढीको र एक्सडीआरमा १३ लाखभन्दा बढीको औषधि खानुपर्छ । नियमित औषधि गरे पनि एमडीआर निको हुने दर नेपालमा ७० प्रतिशत देखिएको छ । एमडीआर र एक्सडीआरको औषधि समेत निःशुल्क पाइन्छ ।
क्षयरोग एक पुस्ताबाट अर्कोमा आउने रोग होइन । अर्थात्, वंशानुगत रोग होइन । टीबीको संक्रमण जोसुकैलाई हुन सक्छ । यो संक्रमण सक्रिय क्षयरोग ले ग्रस्त व्यक्तिले फेर्ने सासको माध्यमबाट अन्य व्यक्तिमा सर्ने गर्छ । यस्ता रोगीले खोक्दा वा हाच्छिउँ गर्दा क्षयरोग सर्छ । उपचार नगरेका रोगीले एक वर्षमा १० देखि १५ जनासम्मलाई संक्रमित गर्न सक्छन् ।
अमेरिकन लङ एसोसिएसनका अनुसार, यो रोगको मुख्य लक्षणमा भने तीन सातासम्म खोकी लाग्न सक्छ, कहिलेकाहीं खकारमा रगत आउन सक्छ । क्षयरोग ीलाई छाती दुख्न सक्छ, ज्वरो आउँछ तर यस्तो ज्वरो मुख्यतः साँझपख आउँछ । संक्रमित व्यक्तिको तौल कम हुन्छ, उसलाई भोक कम लाग्छ । यस्तो लक्षण दुई/तीन साता वा योभन्दा बढी समयसम्म कायम रहे चिकित्सककहाँ जानुपर्छ ।
हाम्रो मुलुकको आधाभन्दा बढी जनसंख्यामा क्षयरोग को किटाणु रहे पनि यो सुषुप्त अवस्थामा छ । क्षयरोग को किटाणुले संक्रमित सबै व्यक्तिमा सक्रिय क्षयरोग विकसित हँुदैन । उनीहरूमा रोग प्रतिरोधी क्षमता राम्रो भएका कारण संक्रमण नदेखिएको हो । तर केही व्यक्ति सक्रिय क्षयरोग हुने उच्च जोखिममा हुन्छन् । एचआईभी संक्रमितहरूमा भने सुषुप्त क्षयरोग सक्रिय क्षयरोग मा परिणत हुने सम्भावना हुन्छ । पछिल्ला दुई वर्षमा क्षयरोग को ब्याक्टेरियाद्वारा संक्रमित व्यक्ति, बालबालिका, सिरिन्जद्वारा अवैध औषधि लिने व्यक्तिहरूमा समेत सुषुप्त क्षयरोग सक्रिय क्षयरोग मा परिवर्तन हुने जोखिम हुन्छ ।
यस्तै बूढापाका, शरीरको रोग प्रतिरोधी क्षमता कमजोर तुल्याउने रोग भएका तथा विगतमा क्षयरोग को राम्ररी उपचार नगरेकाहरूसमेत सक्रिय क्षयरोग ी हुने उच्च जोखिममा हुन्छन् ।
जीवनभरि क्षयरोग को दाग क्षयरोग भएर निको भइसकेकाहरूको छातीमा एक्स-रे गर्दा दाग देखिनु सामान्य कुरा हो । यसले कुनै बिगार गर्दैन । ‘छालाको घाउ निको भए पनि दाग रहे क्षयरोग को दाग फोक्सोमा रहिरहन्छ,’ डा. चोखानी भन्छन्, ‘यो एक्स-रेमा देखिन्छ । यो घाउ निको भइसकेको दाग हो । यस्तो दाग देखिनुको अर्थ तपाईंलाई सक्रिय क्षयरोग छ भन्ने होइन ।’

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *