सुचना/प्रविधि

के हो एन्ड्रोइड रुट, कसरी गर्ने? एन्ड्रोइड रुट गर्नुका फाइदा/बेफाइदा

तपार्इंहरु मध्ये धेरैले त सुन्नु भएकै होला ‘एन्ड्रोइड रुट’को बारेमा। एन्ड्रोइड फोन रुट गर्न पाए धेरै फाइदा होला भन्ने सोच्नु भएको होला। यो लेखमा एन्ड्रोइड  रुट भनेको के हो? कसरी गरिन्छ? यसका फाइदा र बेफाइदा के छन्? भन्ने सेरोफेरोमा रहेर जानकारी दिन खोजिएको छ।

एन्ड्रोइड रुट भनेको एन्ड्रोइड स्मार्ट फोनलाई यस्तो अवस्थामा पुर्‍याउनु हो कि, जहाँबाट तपाईंले आफ्नो मोबाइलमा सामान्य अवस्थामा गर्न नमिल्ने कामहरु गर्न मिलोस्। प्राविधिक भाषामा भन्ने हो भने मोबाइलको ‘सुपर युजर’ (एडमिनिस्ट्रेटर) बनाउनु हो।

यसरी हामीले मोबाइल बनाउने उत्पादक कम्पनीले गर्न नदिने काम पनी गर्न सक्छौं।

कसरी गरिन्छ त रुट?

तपाईंको मोबाइलको ब्रान्ड तथा मोबाइल मोडल अनुसार विभिन्न एन्ड्रोइड एपको मद्दतले एन्ड्रोइड फोन रुट गर्न सकिन्छ। गुगल प्लेस्टोरमा रुटका एपहरु सर्च गरेर डाउनलोड गर्न सकिन्छ।

एन्ड्रोइड रुट गर्नुका फाइदा

तपाईंले एन्ड्रोइड स्मार्ट फोनको अपरेटिङ सिस्टमलाई आफूले चाहे बमोजिम ढाल्ल सक्नु हुन्छ। आवश्यकता अनुसार आफ्नो फोनमा रहेको प्रोसेसरको गति (क्लक स्पिड) बढाउन तथा घटाउन सकिन्छ। (प्रोसेसरको गति घटाएमा तपाईंको मोबाइलको ब्याट्री अवधि बढाउन सकिन्छ र बढाएमा मोबाइलको गति बढाउन सकिन्छ।

तपाईंले सामान्यतया मोबाइलबाट हटाउन नमिल्ने एप्सहरु आवश्यक नलागेमा हटाउन सकिन्छ।

तपाई‌ले एन्ड्रोइड फोनको सफ्टवेयर (रोम) लाई आफ्नो अनुकूल ढाल्न सक्नु हुन्छ। अर्थात् एन्ड्रोइड फोन बनाउँदा एन्ड्रोइडको सफ्टवेयरमा लेखिएको कोडलाई परिवर्तन गरेर मोबाइलाई आफूले चाहे बमोजिम देखिने तथा काम गर्ने गराउन सक्नु हुन्छ। जस्तैः नोटिफिकेसनको कलर परिवर्तन गर्न, भाइब्रेसनको गति घटबढ गर्न, स्क्रिनको रङको मिश्रण परिवर्तन गर्न, वाइफाइको पासवर्ड थाहा पाउन, एन्ड्रोइडको भर्जन परिवर्तन गर्न साथै धेरै फिचर थप गर्न सकिन्छ।

रुट भएको एन्ड्रोइड फोनमा मात्र हाल्न सकिने प्रोग्रामहरु हुन्छन्। जस्तैः टाइटानियम ब्याकअप, वाइफाइ टेथर, एडफ्री, वाइफाइ पासवर्ड आदि।

एन्ड्रोइड रुट गर्नुका

पहिलो कुरा त, यदि तपार्इं‌को मोबाइल वारेन्टी अवधिमा छ भने तपाईंले आफ्नो मोबाइल रुट गर्नु भनेको अब वारेन्टी मान्य नहुनु हो। तपाईंले राम्रो ज्ञानबिना रुट गर्नुभयो भने तपाईंले थाहै नपाई मोबाइलमा खतरनाक एपहरु इन्स्टल  हुन सक्छन्। जसले गर्दा तपाईंको स्मार्ट एन्ड्रोइड फोन सजिलै ह्याक हुन सक्छ। एन्ड्रोइडले स्मार्ट फोनलाई सुरक्षित गराउन अपनाएका सबै उपाय तपाईंले फोन रुट गरेसँगै तोडिनेछन्। रुट भएको फोनमा तपाईंले पाउने सबै आधिकारिक अपडेटहरु पनि आउन बन्द हुनेछन्।

एन्ड्रोइड स्मार्ट फोन रुट गर्नु गैरकानुनी काम होइन, तर यो गर्नका लागि यसबारे धेरै ज्ञान तथा सीप चाहिन्छ। एन्ड्रोइड फोन रुट गर्ने तरिका युट्युब तथा गुगलमा पनि पाउन सकिन्छ।-पुष्पराज पाण्डे

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *