Uncategorized

गोरखा सिम्लेमा निजी आवास पुनर्निर्माणले तीव्रता पायो

५ मंसिर, गोरखा । भूकम्पको तीन वर्षसम्म पनि गोरखाको सिरानचोक गाउँपालिका-७ श्रीनाथकोटस्थित सिम्लेका आइत बरामको घर पुनर्निर्माण हुन सकेको थिएन । पैसा नभएकै कारण डीपीसी गरेर गारो लगाउने काम बीचमै रोकिएको थियो । बराम मात्रै होइन सिम्लेका अधिकांश पीडितहरुले घर पुनर्निर्माण गर्न सकेका थिएनन् । सबैको एउटै समस्या थियो, आर्थिक अभाव । तर, निर्माण सामग्री […]

Uncategorized

अपडेटः विपिनको खुट्टाको अप्रेशन

चलचित्र ‘जात्रै जात्रा’को छायांकनका लागि जाँदै गर्दा काठमाण्डौको कालिमाटीमा बाइक दुर्घटनामा परेका नायक विपिन कार्कीको खुट्टाको अप्रेशन गरिएको छ । उनको, बल्खुमा रहेको बयोधा अस्पतालमा खुट्टाको अप्रेशन भएको हो । उनले अब केही हप्ता पूर्ण रुपमा आराम गर्नुपर्नेछ । खुट्टाको अप्रेशन भएपछि उनले काम गरिरहेको चलचित्र ‘जात्रै जात्रा’को छायांकन समेत प्रभावित हुने भएको छ । […]

Uncategorized

श्रम समझदारीपछि पनि किन खुलेन मलेसिया ?

४ मंसिर, काठमाडौं । सरकारले बिचौलिया संयन्त्र खारेजीका लागि दबाव दिन मलेसियामा कामदार पठाउन रोकेको झण्डै ६ महिना बित्यो । त्यसकै बलमा मलेसियाले नेपालसँग श्रम समझदारी गर्‍यो । तर, समझदारी भएको तीन हप्ता बित्दा पनि कामदार पठाउने प्रक्रिया टुंगिएको छैन । यसका कारण कामदार मलेसिया जान पाएका छैनन् । श्रम समझदारीमा भएका विषयलाई कार्यान्यवन गर्न […]

Uncategorized

१२ वर्ष विदेशमा मजदुरी, पैसा नभएर अस्पताल छाड्ने मजबुरी

४ मंसिर, काठमाडौं । भनिन्छ, दसा बाजा बजाएर आउँदैन । विराटनगरका थिरराज अधिकारीलाई यस्तै भएको छ । दुवै मिर्गौला फेल, बोनम्यारो क्यान्सर र ब्लड क्यान्सरले थिलथिलो भएको शरीर लिएर उनी अहिले आफ्नो भाग्यलाई धिक्कारिरहेका छन् । थप उपचारको लागि आर्थिक अभाव भएपछि अल्का अस्पतालबाट घर फर्किन उनी बाध्य भएका छन् । ‘१२ वर्ष विदेश बसेर […]

Uncategorized

रुपन्देहीका सरकारी वकिल घुससहित पक्राउ

४ मंसिर, काठमाडौं । रुपन्देहीका जिल्ला सरकारी  वकिल कार्यालयका प्रमुख कोषहरि निरौला घुससहित पक्राउ परेका छन् । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं कार्यालयबाट खटिएको टोलीले उनलाई ८० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । उनले ठगी मुद्दा मिलाइदिने बाहनामा सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा अख्तियार टोली पुगेको थियो । आफ्नै कार्यालय परिसरबाट घुसवापतको […]

Uncategorized

कलङ्की–नागढुङ्गा सडकखण्डमा विद्युत् कटौती

४ मङ्सिर, काठमाडौँ । सडक विस्तार कार्यलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले मंगलबार कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत् कटौती गरेको छ । सडक विस्तारको कार्य अगाडि बढिरहेको तथा पोल तथा प्रसारण लाइनसमेत सार्नुपर्ने भएकाले विद्युत् कटौती गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तीनथाना बसपार्कदेखि तीनथाना वड़ा कार्यालयसम्मको प्रसारण लाइन मर्मत तथा स्थानान्तरण […]

Uncategorized

‘विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालय ल्याउन सहज छैन’

४ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले विद्यालय बाहिर रहेका बालबालिका र किशोरीहरुलाई विद्यालय ल्याउनु चुनौतीको विषय भएको बताएका छन् । प्रदेश सरकार र महानगरपालिकाले ठूलो खर्च गरेर उमेर पुगेरपनि विद्यालय बाहिर रहेका बालबालिकालाई ‘विद्यालय भर्ना अभियान मार्फत’ विद्यालय पठाउन आग्रह गरेको भएपनि सोचे अनुसार सफलता नपाएको उनको भनाइ छ । किशोरी […]

Uncategorized

स्वास्थ्यमन्त्रीलाई डाक्टरको राजीनामा पत्र : चाकरी र घुसको रकम पुर्‍याउन सकिनँ

४ मंसिर, काठमाडौं । वीर अस्पताल, न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा. डा. ध्रुवराज अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । सोमबार बुझाइएको पत्रमा ‘चाकडी र घुसको रकम पुर्‍याउन नसकेकाले राजीनामा’ दिएको उल्लेख गरिएको छ । अधिकारीका अनुसार वीर अस्पतालमा पद खाली रहेको […]

Uncategorized

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा रेग्मी

४ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा दैलेखका डा. पूण्य रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कृषि विज्ञ रेग्मीलाई उपाध्यक्षमा मनोनयन गरेको हो । भरतपुरको रामपुर क्याम्पसमा ३० वर्ष कृषि अर्थशास्त्र विषयको प्रध्यापन गरेका रेग्मीले योजना र विकासमा पिएचडी गरेका छन् । उनले अर्थमन्त्रालयको प्रमुख आर्थिक […]

Uncategorized

द्वन्द्वपीडितलाई कानून मन्त्रीको आग्रह- १२ वर्ष कुर्नुभो, अब एक-दुई दिन कुर्नुस्

४ मसिर, काठमाडौं । कानूनमन्त्री भानुभक्त ढकालले जघन्य अपराधमा संलग्न जोसुकै र जहाँसुकै भए पनि कारवाही गर्ने बताएका छन् । द्वन्द्वपीडितहरुको राष्ट्रिय सम्मेलनलाई मंगलबार बिहान सम्बोधन गर्दै मन्त्री ढकालले द्वन्द्व पीडितको पीडामा मल्हम लगाउने गरी काम गर्ने बताए । अझै केही दिन कुर्न पीडितहरुलाई आग्रह गर्दै उनले संक्रमणकालीन न्याय सम्बन्धी समस्या समाधानमा ढिलाइ नहुने दाबी […]