Uncategorized

स्वास्थ्यमन्त्रीलाई डाक्टरको राजीनामा पत्र : चाकरी र घुसको रकम पुर्‍याउन सकिनँ

४ मंसिर, काठमाडौं । वीर अस्पताल, न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा. डा. ध्रुवराज अधिकारीले राजीनामा दिएका छन् ।

अधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । सोमबार बुझाइएको पत्रमा ‘चाकडी र घुसको रकम पुर्‍याउन नसकेकाले राजीनामा’ दिएको उल्लेख गरिएको छ ।

अधिकारीका अनुसार वीर अस्पतालमा पद खाली रहेको र अन्य उम्मेदवार समेत छैन । तर, आफूलाई पूर्वाग्रहका साथ वीरको सट्टा अन्यत्र सरुवा गर्न खोजिएको छ ।

प्रा. डा. अधिकारीले अनलाइनखबरसँग भने, ‘म ६० लागिसके । अब ३/४ महिना मात्र बाँकी छ । यो बेला जनशक्ति र स्रोत साधन नै भएको ठाउँमा गएर मैले के गर्न सक्छु र ?’

आफूलाई दुःख दिने नियतले नै पोखरातिर सरुवा गर्न खोजेकाले चित्त दुखेको उनले बताए ।

राजीनामा पत्रमा चाकडी र घुस रकम पुर्‍याउन सकिन भन्नुभएको रहेछ, कसले कति मागे रकम ? भन्ने प्रश्नमा प्रा. डा. अधिकारीले भने, ‘विचौलियाहरु छन् । के कति सहयोग गर्न सक्नुहुन्छ भने । तर, मैले उनीहरुको स्वास्ता गरिनँ ।’

आफूले उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवलाई चार पटक भेटेको सुनाउँदै अधिकारीले भने, ‘उहाँ हुन्छ पनि हुन्न, हुन्न पनि भन्नु हुन्न । तपाईको त हुनु पर्ने हो । म आफैं आश्चर्यमा परेको छु कि अहिलेसम्म किन भएन मात्र भन्नु हुन्छ ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *