गोरखा- गोरखामा आज साँझ भएको बस दुर्घटनामा परी १७ जना घाइते भएका छन् । तनहुँको आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ना ३ ख ७५४४ नम्बरको यात्रु बस गोरखा नगरपालिका–११ स्थित सोह्र किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो । बस सडकबाट अन्दाजी २८ फिट तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल गोरखामा […]
समाचार
काङ्ग्रेसमा एकता र मेलमिलाप आवश्यक– सभापति देउवा
काठमाडौँ- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलाप आवश्यक रहेको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले काङ्ग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको ४१औँ स्मृति दिवसमा प्रकाशित गरेको मुखपत्र ‘चिन्तन’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले काङ्ग्रेसमा एकता र मेलमिलाप आवश्यक रहेको बताउनुभएको हो । नेपालको प्रजातान्त्रिक र समाजवादी आन्दोलनमा सुवर्ण शमशेरको योगदान स्मरणीय रहेको उल्लेख गर्दै […]
नुवाकोटबाट हराएका पाँच किशोरी सुर्खेतमा फेला
नुवाकोट– नुवाकोटबाट हराएका पाँचजना किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत प्रहरीले उद्धार गरेको छ । गत बुधबार लक्ष्मीपूजाको दिन देउसी खेल्न भनी घरबाट हिँडेका १३ देखि १६ वर्ष उमेरसम्मका ती किशोरीलाई सुर्खेत प्रहरीले उद्धार गरी कारवाहीका लागि आज नुवाकोट पठाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । उनका अनुसार सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ […]
तौल र मूल्यमा एकरूपता नहुँदा चाडपर्वको बेला उपभोक्ता ठगिए
म्याग्दी- म्याग्दी जिल्लाको शहरी र ग्रामीण भेगका बजारमा खुलेका पसलमा तौल र मूल्यमा एकरूपता नहुँदा तिहारको समयमा उपभोक्ता ठगिएका छन् । चाडपर्वको मौका छोपी व्यापारीले सामानमा मनलाग्दी मूल्य लिने र उपभोक्ताले गुनासो गर्ने ठाउँ नहुँदा आफूहरु ठगिएको गुनासो उपभोक्ताले गरेका छन् । “पसलमा न मूल्यसूची टाँसिएको छ न सम्बन्धित निकायबाट नै अनुगमन हुने गरेको छ” बेनी […]
शरणार्थी आप्रवासीविरुद्ध कठोर बन्याे अमेरिका
वासिङटन– अमेरिकाको दक्षिणी सीमाबाट देशभित्र छिर्ने गैरकानुनी आप्रवासीहरू शरणार्थी बन्न अयोग्य हुने भएका छन् । अमेरिकाको नयाँ नियमअनुसार उनीहरू शरणार्थी बन्न अयोग्य हुने भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले लागू गरेको नियमबमोजिम लगाइएको निषेधाज्ञा उल्लंघन गर्नेलाई शरण नदिइने भएको हो । राष्ट्रपति ट्रम्पद्धारा जारी वक्तव्यमा राष्ट्रिय स्वार्थका लागि आप्रवासीहरूलाई रोक्न सकिने […]
महिला विश्वकपको अहिले नै लाखौँ टिकट बिक्री
पेरिस- अर्को वर्ष सन् २०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री भइसकेको छ । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले आयोजना गरेको प्रतियोगिताका लागि गत सेप्टेम्बरदेखि टिकट बिक्री शुरु भएकोमा अहिलेसम्म एक लाख ५० हजारभन्दा बढी टिकट बिक्री भइसकेको हो । फिफाले बिहीबार दिएको जानकारीअनुसार टिकट किन्नेमध्ये सबैभन्दा धेरै फ्रान्स र बेलायतका रहेका […]
बाबुरामले लगाए दिदी र बहिनीबाट भाइटीका (तस्बिरसहित)
काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाट भाइटीका लगाएका छन् । भट्टराईले ११ बजेर ५५ मिनेटकै शुभसाइतमा भाइटीका लगाएको बताइएको छ । दिदीबहिनी र दाजुभाइ वीचको स्नेह र सद्भावको यो सांस्कृतिक पर्वले समाजमा स्नेह र सद्भावको संचार पैदा गर्ने भट्टराईले विश्वास व्यक्त गरेका छन् । राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
देउसीभैलो खेल्ने क्रममा झडपः ९ घाइते, १० पक्राउ
नेपालगन्ज– बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् । गएराति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । प्रहरीले सो घटनामा संलग्न १० युवालाई नियन्त्रणमा लिएको थियो । झडपमा […]
किन व्यावहारिक हुन सकेन नेपाल संवत् ?
नेपाल संवत् सुरु भएको ११३९ वर्ष भएको छ ।म्हपूजा र नेपाल संवत् एकै दिन पर्छ । ‘नयाँ संवत् भित्र्याएर म्हपूजा गर्ने चलन चलाइएको छ,’ संस्कृतिविद् सत्यमोहन जोशीले दाबी गरे, ‘नेपाल संवत् ११३९ मात्रै भयो । म्हपूजा ११३९ वर्षदेखि मात्रै गर्न थालिएको होइन । नेपाल संवत्भन्दा अघिदेखि नै म्हपूजा गरिन्थ्यो ।’ शंखधर साख्वालाई नेपाल संवत्को प्रवर्तक मानिन्छ […]
खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु
सोलुखुम्बु– खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ । सगरमाथा क्षेत्र भ्रमणमा आएका अष्ट्रिया र युक्रेनी नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको इम्चाचे हिमाल आरोहण गरी आइलमपिक हुँदै फर्कने क्रममा डोरीबाट चिप्लिएर झर्दा अष्ट्रियाकी २९ वर्षीया जिल समसी भेराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी […]







