समाचार

क्यानडाका प्रधानमन्त्रीको खुलासा : ‘आसिया बीबीलाई आश्रय दिन पाकिस्तानसँग छलफल भैरहेको छ’

एजेन्सी– क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आसिया बीबीबारेमा पाकिस्तानसँग कुरा भइरहेको बताएका छन् ।  पाकिस्तानकी नागरिक आसियामाथि मुसलमान धर्मका प्रवर्तक मोहम्मदको अपमान गरेको आरोप लागेको छ । यो आरोपमा उनलाई त्यहाँको तल्लो अदालतले मृत्युदण्ड सुनाएको थियो । पुनरावेदन भएर सर्वोच्च अदालत गएपछि उनीमाथि लागेको मृत्युदण्डको सजाय माफ गरिएको थियो । उनको रिहाइपछि पाकिस्तानमा ठूलो विरोध प्रदशन भएको […]

समाचार

२६ वर्षपछि बल्ल बल्यो गाउँमा विजुली

दार्चुला —  महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्र्षीय अमरसिंह साहुले आफ्नो गाउँमा विद्युतीकरणका लागि प्रयास थालेको २६ वर्षपछि बल्ल विजुली बाल्न पाएका छन् ।गाउँकै खोलाबाट महाकाली नगरपालिकाको डुङुरीमा २०४९ सालमा नै दुई सय किलोवाट विद्युत् उत्पादन भएको थियो । सो विद्युत्बाट सदरमुकामसहित पूरै महाकाली नगरपालिका झिलमिली हुँदा पनि १० किलोमिटर टाढाको मुल्ला गाउँका बासिन्दाले विजुली बाल्न पाएका […]

समाचार

पार्टी एकताबारे बोल्यो राप्रपा प्रजातान्त्रिक

काठमाडौं । राप्रपासँगको पार्टी एकताको माहोल बिग्रिएकोबारे सामाजिक सञ्जाललगायत छापाहरुमा सम्प्रेषण भएको समाचारहरुप्रति राप्रपा (प्रजातान्त्रिक)ले गम्भिर ध्यानकर्षण भएको जनाएको छ । सो पार्टीले सोमबार एक विज्ञप्ति जारी गर्दै सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्ति राष्ट्रिय आवश्यकता हो भन्ने बोध आफ्नो पार्टीले गरेको भन्दै समान विचारधारा भएका शक्तिहरुबीच फराकिलो एकता हुनुपर्छ भन्नेमा प्रष्ट रहेको जनाएको छ । यसै मान्यता अनुरुप […]

समाचार

कोलम्बो प्रोसेस : आप्रवासी श्रमिकका हितमा छलफल हुने

–अशोक धिमिरे काठमाडौं । आप्रवासी श्रमिकका साझा स्वार्थ र चासो तथा सामूहिक हितका विषयमा छलफल गर्न ‘कोलम्बो प्रोसेस’मा आबद्ध एशियाका १२ सदस्य राष्ट्रका मन्त्रीस्तरीय भेला यसै साता काठमाडौँमा हुँदैछ । यही कात्तिक २९ र ३० गते हुने कोलम्बो प्रोसेसको छैटौँ बैठकमा सदस्य मुलुकबीच अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धनमा आधारित श्रमका विषयमा परामर्श हुनेछ । बैठकमा सदस्य मुलुकका मन्त्री […]

समाचार

दुई दर्जन ट्र्याक्टर प्रहरी नियन्त्रणमा

गाईघाट– उदयपुरमा तिहार समाप्त हुनेबितिकै ट्रयाक्टर चढेर पिकनिक जाने क्रममा आइतबार उदयपुरको बेलका–८ मा ट्र्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु र ३४ घाइते भएपछि आजदेखि प्रहरीले उदयपुरमा ट्र्याक्टरमा मान्छे बोकेर पिकनिक लाने र मान्छे चढाएर ओसारपसार गर्ने कार्यमा प्रतिबन्ध लगाएको छ । यसै क्रममा आज बिहान प्रहरीले जिल्लाको सदरमुकाम गाईघाट क्षेत्रबाट पिकनिक जान मानिस बोकेर हिँडेको एक दर्जन […]

समाचार

भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन, प्रधानमन्त्री मोदीद्वारा शोक व्यक्त

काठमाडौं । भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन भएको छ । क्यान्सरबाट पीडित मन्त्री अनन्तकुमारको ५९ वर्षको उमेरमा निधन भएको हो । संसदीय कार्य मन्त्री अनन्तकुमार बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचार गराइरहेका थिए । मन्त्री अनन्तकुमारको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । उनले केही मन्त्रालय सम्हालेको र भाजपा संगठनको लागि ठूलो योगदान दिएको बताए । सन् […]

समाचार

मेस्सी फर्किए तर सात गोलको थ्रिलरमा बार्सा पराजित

एजेन्सी । सात गोलको रोमाञ्चक खेलमा बार्सिलोना आफ्नै घरेलु मैदानमा रियल बेटिससँग स्तब्ध बनेको छ ।२० वर्षपछि क्याम्प नाउमा जीत निकाल्ने क्रममा बेटिस ४–३ गोलअन्तरले विजयी भएको हो ।जुनियर फिर्पो र वाकिनको गोलको मद्दतले बेटिसले खेलको पहिलो हाफमा अप्रत्यासित अग्रता लिएको थियो ।तर, चोटमुक्त भएर मैदानमा फर्किएका कप्तान मेस्सीले खेलको दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्दै […]

समाचार

बोक्सीको आरोपमा खातुनमाथि निर्ममतापूर्वक कुटपिट

धनुषा । धनुषामा एक महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ । सबैला नगरपालिका–१२ रघुनाथपुर निवासी ३७ वर्षीया जुलेखा खातुनले बोक्सीको आरोपमा आफूमाथि कुटपिट गरी क्रूर अमानवीय व्यवहार गरिएको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटना बाहिरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित खातुनले आफूलाई छ जना स्थानीयवासीले बोक्सीको आरोप लगाउँदै निर्ममतापूर्वक कुटपिट गरेको भन्दै जाहेरी दिएकी […]

समाचार

विकासमा चिनियाँ अनुभव आदानप्रदान गर्न तयार छौं : चिनियाँ राजदूत

बुटवल–  ५ नम्बर  प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत यु होङले आज भेटवार्ता गरेकी छन् । भेटमा लुम्बिनीको पर्यटन प्रवद्र्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानीबारे छलफल भएको छ ।मुख्यमन्त्री पोख्रेलले यो प्रदेशमा पर्यटन विकास र कृषि उत्पादनको प्रचुर सम्भावना रहेको जानकारी गराउँदै पर्यटन प्रर्वद्धन र कृषिको व्यवसायिक विकासमा चिनियाँ अनुभव हाम्रा लागि […]

समाचार

राजनीतिक दलसँग आफूलाई जोडेर जागिर जोगाउने मनोवृत्ति शिक्षकले त्याग्नैपर्छः मन्त्री पोखरेल

बर्दिवास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सीपमूलक व्यावसायिक शिक्षा मुलुकको समृद्धि अभियानका लागि अपरिहार्य भएको बताएका छन् । शनिबार महोत्तरीको बर्दिवास–६ किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई मन्त्री पोखरेलले मुलुकको दिगो विकास र दक्ष जनशक्तिको प्रवद्र्धनका लागि अब सीपमूलक र व्यावसायिक शिक्षालाई बढाउनुपर्ने बताएका हुन् । यसका लागि सरकारले २५ वर्षे […]