समाचार

दरबारमार्ग बलात्कार काण्ड: मुख्य अभियुक्त विकास गौतमद्वारा अदालतमा आत्मसमर्पण

काठमाडौं । दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा माघ ७ गते राती भएको ‘सामूहिक बलात्कार’ प्रकरणका मुख्य अभियुक्त विकास गौतमले आत्मसमर्पण गरेका छन् । काभ्रे स्थायी घर भएका गौतमले बुधबार साँझ ५ बजे जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका हुन् । अदालतको आदेशले उनलाई डिल्लीबजार कारागार चलान गरिएको बताईएको छ । बलात्कृत युवतीको केटा साथी भनिएका रामेछापका शैलेस कार्कीसहितको समूहले होटलमा […]

समाचार

सिटी सेन्टरमा ʽदशैं तथा तिहार उत्सव २०७५ʼ ५० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको कमल पोखरीमा सञ्चालनमा ल्याएको व्यावसायिक भवन सिटी सेण्टरमा गत शुक्रवारदेखि ʽसिटी सेण्टर सेलेब्रेशन ः दशैं तथा तिहार उत्सव २०७५ʼ सञ्चालन भएको छ ।सम्पूर्ण घरायसी सामानहरू पाइने नेपालकै उत्कृष्ट मलहरूमध्येमा पर्ने सिटी सेण्टरले महान् चाड दशैं तिहार तथा छठको अवसर पारेर उक्त मेलाको आयोजना गरेको हो । दुई महिनासम्म सञ्चालन […]

समाचार

पाँचकिलो सुनसहित बालाजुबाट एकजना प्रहरी नियन्त्रणमा

काठमाडौं– राजधानीको बालाजुस्थित तिनपिप्लेबाट प्रहरीले पाँच किलो सुन सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।रसुवाबाट काठमाडौं आउँदै गरेको बसमा सवार रसुवाका शोबहादुर तामाङले बोकेर आएको सुन सहित उनलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । केरुङ नाका हुँदै आएको उक्त सुनका भरिया तामाङले बेल्टमा बाँधेर ल्याएको उक्त सुन प्रहरीले तिनपिप्लेबाट बरामद गरेको थियो । पाँच किलो […]

समाचार

मृतकले पाउनुपर्ने रकम नेपाल पठाइयो

काठमाडौं । रियादस्थित नेपाली दूतावासले विभिन्न कारणबाट साउदी अरबमा ज्यान गुमाएका २४ नेपाली कामदारका परिवारले पाउनुपर्ने दुई लाख ७१ हजार ८०७ साउदी रियाल नेपाल पठाएको छ । मृतक नेपाली नागरिकका कानूनी हकदारले पाउने गरी उनीहरुले काम गरेको अवधिको लिन बाँकी रहेको तलब, भत्ता तथा ‘ब्लडमनी’ परराष्ट्र मन्त्रालयको बैङ्क खातामा हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । सिरहाका अवधकिशोर […]

समाचार

प्रशासकीय अदालतको दायर फराकिलो बनाउनुपर्छ : प्रधानन्यायाधीश मिश्र

काठमाडौँ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले प्रशासकीय अदातलको अधिकार क्षेत्रको दायर सङ्कुचित नगरी फराकिलो बनाउनुपर्ने बताएका छन् । ‘प्रशासकीय अदालत दिवस–२०७५ तथा परिवर्तित समयमा प्रशासकीय अदालतको भूमिका’ विषयक अन्तरक्रियामा प्रधानन्यायाधीश मिश्रले प्रशासकीय अदालतको दायर फराकिलो बनाउँदा सर्वोच्चदेखि अन्य अदालतमा वार्षिक कार्यबोझमा समेत नियन्त्रण हुने बताए । प्रधानन्यायाधीश मिश्रले भने, ‘प्रशासकीय अदालत विशिष्टीकृत प्रशासकीय न्यायालय भूमिकामा छ, तर यसको […]

समाचार

सुकेधारामा सवारी साधनको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँ– सुकेधारामा सवारी साधनको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ ।  गएराति ११ बजेतिर सुकेधारामा नम्बर नखुलेको सवारी साधनले पैदलयात्रुलाई ठक्कर दिँदा काठमाडौँ मण्डिखाटार बस्ने ६५ वर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो । सवारी साधनको ठक्करबाट गम्भीर घाइते मैनालीको उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी […]

समाचार

सामुदायिक विद्यालय शिक्षकको जागिर खाने थलो मात्रै : मन्त्री पोखरेल

बर्दिबास — शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले देशमा राजनैतिक परिवर्तन भएपनि व्यवहारमा लागु हुन नसकेको बताए ।महोत्तरीको रामगोपालपूरमा रहेको जनता आधारभूत प्राविले सोमबार गरेको अभिभावकत्व ग्रहण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । मन्त्री पोखरेलले सामुदायिक विद्यालयका शिक्षकले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने गरेकाले सामुदायिक विद्यालय शिक्षकको जागिर खाने थलो मात्रै भएको […]

समाचार

निगमको घाटा अर्ब माथि, भारतीय आयल कर्पोरेशनले पठायो नयाँ मूल्यसूची

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर रु एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो । भारतीय आयल कर्पोरेशनले आज पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै रु ६४ करोड […]

समाचार

‘भत्केको घर, बाजेको भत्ताको भर’

-राधिका भुसाल ‘वृद्धभत्ताको भरमा चुहिने खरको छानो र विपनाको सपना’  प्यूठान । भत्किनै आँटेको घर । चुहिने खरको छानो । खाने खर्च नै नभएको भान्सा । सुत्नलाई चिसो भुईं । जहाँ बिहान–साझँ पेट भर्नको मात्रै चिन्ता हुन्छ त्यहाँ शिक्षा दिक्षा, आफ्ना इच्छा बालअधिकार, संरक्षण, सुरक्षा र सहभागिताका कुरा सुन्दा कथा जस्तै लाग्ने बताउँछिन् उनी । ‘एक्लै छु […]

समाचार

भिरबाट लडेर बिष्टको मृत्यु

बुटवल– गुल्मीमा आज विहान दाउरा काट्ने क्रममा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । गुल्मीको अर्जै निवासी ६७ वर्षीय मोहलाल बिष्टको भिरबाट लडेर ज्यान गएको हो ।मालिका गाउँपालिका–६ अजैका बिष्टको पौवा खोला भन्ने स्थानको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुछा फाँटका सई शिवबहादुर खत्रीले जानकारी दिए । शव पोष्टमार्र्टमका लागि सदरमुकाम ल्याइँदै गरेको […]